
रुपन्देहीको शुद्धाेधन गापालिका वडा नः ४ फर्साटिरका विभिन्न पसल हरुमा अनुगमन गरिएको छ।
हिन्दु हरुकाे महान चार्ड दशै लाई लक्षित गरि दैनिक उपभोक्त हुने खाद्यान्नमा हुने लापरबाही लाई मध्यनजर गर्दै शुद्धाेधन गाउँपालिकाले मंगलबार फर्साटिकरका किराना पसल,मासु पसल,मिष्ठान्न भण्डार,होटल,रेष्टुरेन्ट र खाद्यान्न पससलहरुको अनुगमन शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली र बताउनुभयो।
उक्त बजार अनुगमन कार्यक्रममा शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीको संयोजकत्वमा र शुद्धाेधन गाउँपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल,शुध्दाेधन पशु सेवा शाखा प्रमुख भुमिश्वर खनाल,फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डे,मानपकडी व्यापार संघका अध्यक्ष विष्णु ज्ञवाली,स्थानीय विकास कोष तथा उध्म विकास शाखाका प्रमुख मानबहादुर भण्डारी, शुध्दोधन गाउँ पालिकाका प्रेस सल्लाहकार नगेन्द्र केसी,लगायत गाउँपालिकाका विभिन्न शाखा प्रमुख हरुकाे टोलीको उपस्थितिमा सो अनुगमन भएको थियो।