ताजा अपडेट

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शुद्धोधन २ स्थित कृषकहित सहकारीको २४औँ साधारणसभा तथा नेतृत्व चयन

लुम्बिनी दर्पण २०८० कार्तिक ४, शनिबार १९:४३
[sharethis-inline-buttons]
नगेन्द्र केसी
शुद्धाेधन रुपन्देही
रुपन्देहीको शुद्धोधन २ भुजौली स्थित कृषकहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शंकरप्रसाद गौतम निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा दिनेश यादव, सचिवमा उमेश ज्ञवाली, कोषाध्यक्षमा गणेश पासी तथा सदस्यहरुमा मञ्जु पंगेनी भण्डारी, लीला गौतम, प्रकाश चौधरी, रामकुमारी थारु र दीपक ज्ञवाली रहेका छन् । यसैगरी संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा अञ्जु के.सी. र सदस्यहरुमा गोविन्द श्रेष्ठ र विनोद काफ्ले निर्वाचित भएका छन् ।सहकारी संस्थाको २४औँ साधारणसभाले आगामी चार वर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
संस्थाका अध्यक्ष उमाकान्त चपाईंको अध्यक्षतामा सम्पन्न साधारणसभामा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद बस्यालले सहकारीले स्थानीय समुदायको आर्थिक विकास र आम किसानहरुको जीवनस्तर माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली र वडा नं. २ का वडाध्यक्ष कमल खड्काले यस क्षेत्रकै अग्रणी यस सहकारी संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै समुदायको हितका लागि सदैव सहकार्य गर्ने विचार व्यक्त गर्नुभएको थियो।
उक्त साधारणसभामा शुद्धोधन गाउँपालिकाका सहकारी विभाग प्रमुख मानबहादुर भण्डारी, संस्थाका प्रमुख सल्लाहकार जगत के.सी., भुजौली बोर्डिङ स्कुलका प्राचार्य झलक थापा, महाकल्प कृषि सहकारी संस्थाका अध्यक्ष चिन्तामणि खरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्था स्थापनाको २५ वर्ष पूरा गरेको रजत जयन्तीका अवसरमा संस्था स्थापना गर्ने संस्थापक २५ जना सदस्यहरुलाई सम्मान गर्नुका साथै नियमित बचतकर्ता, असल कारोबारी तथा एसईईमा ३.६५ भन्दा बढी जिपिए ल्याउने सदस्यका सन्ततिलाई समेत सम्मान गरेको थियो ।संस्थाका सचिव शंकरप्रसाद गौतमले सञ्चालन गरेको साधारणसभामा सदस्य उमेश ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष उमाकान्त चपाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटसहितको वार्षिक प्रतिवेदन पारित गरेको छ ।
संस्थाका लेखा समिति संयोजक अन्जु के.सी.ले प्रस्तुत गरेको आन्तरिक लेखा समितिको प्रतिवेदन तथा लेखा परीक्षक लुम्बराज ज्ञवालीले गरेको आ.व. २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । यसैगरी सभाले सेयर सदस्यहरुलाई गत वर्षको नाफाबाट १८ प्रतिशत सेयर बोनस वितरण गर्ने निर्णयसमेत गरेको छ ।साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्नका लागि झलक थापाको संयोजकत्वमा फौज्दार मल्लाह र खडानन्द उपाध्याय सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । उक्त समितिले निर्वाचनको सम्पूर्ण प्रक्रियाहरु पूरा गर्दै सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो ।
९२४ जना सेयर सदस्य रहेको सहकारी संस्थाको असार मसान्तसम्म २ करोड ३८ लाख १ हजार २ सय रुपैयाँ सेयर पूँजी रहेको छ । संस्थाको बचत निक्षेप ८ करोड ४२ लाख ३४ हजार १४ रुपैयाँ रहेको छ भने ऋण लगानी १३ करोड ९५ लाख ६२ हजार १३ रुपैयाँ रहेको छ । संस्थाले आ.व.२०७९/८० मा ६९ लाख ५६ हजार ९ सय २४ रुपैयाँ नाफा गर्न सफल भएको छ ।

प्रकाशित : २०८० कार्तिक ४, शनिबार १९:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित
प्रतिक्रिया

यो पनि पढौँ

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

भर्खरै

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech