तिलोत्तमा चेम्बर अफ कमर्स आयोजनामा विजया दशमी, शुभ दीपावलीको अवशरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले हालको अवस्थामा सम्पुर्णमा सकारात्मक सन्देश प्रभाव हुने खालका सन्देश सबैमा पुर्याउन आग्रह गर्नुभएको थियो । उहाले पहिले भन्दा विकास निर्माण लगायत क्षेत्र, शैक्षिक क्षेत्र, औधोगीक क्षेत्रमा धेरै परिवर्तन एवं विकासका कामहरु भएको बताउनु भएको थियोे । साथै संस्थाको भवन निर्माणका लागि आफ्नो तर्फबाट पुर्ण सहयोग रहने जानकारी गराउदै आउदै गरेको बडा दशै, शुभ दिपावली, नेपाल सम्वत, छ्ठपर्व २०८० को शुभकामना व्यक्त गर्नुभएको थियोे ।
शुभकामना आदानप्रदान कार्यक्रमममा बोल्दै संघका संस्थापक एवं निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेलले वर्तमान बजारको अवस्था, आर्थिक गतिविधिलाई चलाएमान गराउन नगर सरकारलाई सुझाव सहित अगाडी बढ्न आग्रह गर्नुभएको थियोे । साथै आगामी दिनमा संस्थाको आफ्नै भवनबाट सम्पुर्ण कार्यहरु गर्ने गरी सबै पक्ष संग सहकार्य गरी भवन निर्माण कार्य अगाडी बढाउन आग्रह गर्दै आफू जस्तोसुकै कार्यमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आर्थिक सल्लाहकार नुमेन्द्र पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठक, प्राविधिक सल्लाहकार ई।दुजेन्द्र बस्नेत, सल्लाहकार मोहन चापागाईं, लगायतले आफ्नो भनाई सहित शुभकामना मन्तव्य दिनु भएको थियोे । संघका अध्यक्ष बाबुलाल भुसाल अध्क्षतामा भएको कार्यक्रममा संस्थाका द्वितीय उपाध्यक्ष नेत्र प्रसाद न्यौपानेको स्वागत तथा महासचिव विष्णु बरालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




















