
लुदस, जितपुर
नेपाल पत्रकार महासंघ कपिलवस्तु ले सदस्य दिपक के.सी लाई व्लड क्यानसरको उपचारार्थ सहयोग गर्न आह्वान गरेको छ ।
पत्रकार महासंघ शाखा कपिलवस्तुको बैठकले ५० हजार सहयोग गर्दै थप रकम का लागि प्रदेश समिति र केन्द्र तथा प्रवासमा रहेका शाखाहरुमा पत्राचार गर्दै अनुरोध गरेको हो ।
के.सीको भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।
उपचारमा अत्यधिक रकम खर्च हुने भएपछी महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुषालको संयोजकत्वमा ११ सदस्य सहयोग संकलन समिति समेत गठन गरेका छन् ।
जसको सदस्यहरुमा भेषराज पाण्डे, बसन्त गिरी, किरणमान बज्राचार्य , मनोज पौडेल,गोपाल भण्डारी, राजु खराल, जानु पाण्डे, मोहन बेल्वासे, अर्जुन बेल्वासे, खग प्रसाद चापागाई रहेका छन् ।
लामो समयदेखि पत्रकारिता पेशामा सक्रिय के.सी आर्थिक सामान्य परिवारका हुन् । उनको उपचारमा निजि क्षेत्रबाट निरन्तर सहयोग हुदै आएको छ । सवैमा उपचारमा सहयोग पुर्याउन महासंघले अपिल समेत गरेको छ ।

