जन सहभागीता वास स्वास्थ्य सहकारी तिलोत्तमा ८ मा निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
कार्तिक १४

जन सहभागीता वास स्वास्थ्य सहकारी संस्था तिलोत्तमा ८ को तेस्रो अधिबेशन बाट निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराइएको छ । निर्बाचित अध्यक्ष खेम प्रशाद गौतम नेतृत्वको समितिलाई आज सपथ गराईएको हो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै निर्वाचन मन्डलका संयोजक यज्ञ गैरेले फोहोर ब्यब्स्थापन र सरसफाइको क्षेत्रमा वास स्वास्थ्य सहकारी संस्थाको आफ्नै योजना र भुमिका रहने भन्दै देशमै इतिहास रच्ने गरि काम गर्न आग्रह गर्नु भयो । उहाले संस्था सदस्य सख्याका हिसावले सानो भएपनि तिलोत्तमामा हरेक परिवार र नगरपालिका सगं जोडिएकोले काम गरेर देखाउने चुनौति रहेको स्पस्ट पार्नु भयो ।

कार्यक्रममा बोल्दै सहजिकरण समितिका सदस्य शिवलाल गौतम र सल्लाहकार हेमन्त पान्डेले घर समाज वडा र नगर सपलाइको जिम्मा वास सहकारीले लिएको भन्दै सबैको सहकार्यले संस्थाले काम गर्न सक्ने बताउनु भयो । निर्वाचन मन्डलका सदस्य डा.मुरारी पराजुलीले पदका लागी भन्दापनी काम गरेर देखाउदा मात्र पदको जिम्मेवारी निर्वाह हुने बताउनु भयो ।

नव निर्बाचित अध्यक्ष खेम प्र गौतमले आफुलाई पुन एक पटक संस्थाको जिम्मेवारी दिएकोमा सदस्य सहित सबैलाई धन्यबाद दिदै सरसफाइमा देशकै उकृष्ट संस्था बनाउने दाबि गर्नु भयो । निर्वाचन समितिको सदस्य हरिलाल पान्डेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० कार्तिक १४, मंगलवार १८:३५