यमुना जि.सि चौधरी
शुद्धोधन, रुपन्देही
चामुन्डा कृषि सहकारी संस्था लि सुद्धोधन ४ फर्सासटीकर रुपन्देहीको आठौ साधारण सभा तथा दोस्रो अधिबेशन आज सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शेर बहादुर काफ्लेको अध्यक्षता तथा शुद्धोधन गाउंपालिका शहकारी साखाका प्रमुख मान बहादुर भन्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै शुद्धोधन गाउंपालिका शहकारी साखाका प्रमुख मान बहादुर भन्डारीले कृषिको माध्यम बाट आर्थिक बिकाश गर्न सकिने भन्दै उदेश्य अनुसार लगानि गर्न आग्रह गर्नु भयो । जिल्ला सहकारी संघका महासचिव दामोदर पङगेनिले अहिले आम नागरिकमा सहकारीलाई हेर्ने दृष्टकिोण फरक भएको भन्दै बिश्वास जित्ने गरि काम गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा लोक सागर सहकारी संस्थाका अध्यक्ष गोबिन्द भन्डारी , सम्मान बचत तथा ॠण सहकारी संसथका अध्यक्ष लेख बहादुर खत्रि , समाजसेबि सोमनाथ शर्माले गाउं गाउंमा स्थापना भएका सहकारीको माध्यम बाट बचत सगै आर्थिक बिकाशमा सहयोग भएको बताउनु भएको थियो ।
आजै सम्पन्न अधिबेशनले पुन शेर बहादुर काफ्लेको अध्यक्षता नयां कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा ओम बहादुर फौदार सचिवमा कुलानन्द चालिसे र कोषाध्यक्षमा दोमराज ढकाल रहनु भएको छ । त्यसैगरि सदस्यहरुमा लक्ष्मी केसी , प्रजापती अधिकारी , बुद्धि कंडेल , अस्मीता सुबेदी लगाएत रहनु भएको छ ।
संहकारीका कोषाध्यक्ष दामराज ढकालले कोषाध्क्षको प्रतिबेदन , लेखासमिति संयोजक रामजि पौडेलले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रमको सन्चालन सचिव कुलानन्द चालिसे गर्नु भएको थियो ।