भुकम्प प्रभावितहरुका लागी तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीको राहत सामाग्री

[sharethis-inline-buttons]

जरकोट र रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीले राहत सामाग्री पठाउनको छ ।

तिलोत्तमा चेम्बर अफ कमर्स व्यापार संघबाट भुकम्प प्रभावितहरुका लागी खाद्यान्न सामाग्री पठाइएको हो । तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीले राहत सामाग्री तिलोत्तमा नगरपालिका मार्फत भुकम्प प्रभावित क्षेत्रमा पठाइएको तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुषालले जानकारी दिनु भएको छ ।

व्यापार संघले चिउरा सहित अन्ग खाद्यान्न सामाग्री सहित ३७५ प्याकेट राहत सामाग्री तिलोत्तमा नगरपालिका लाई हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका सामाग्री नगरपालिकाले जरकोट र रुकुम पश्चिमको भुकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।


प्रकाशित : २०८० कार्तिक २६, आईतवार १३:५७