
तिलोत्तमा।
रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटाको सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर बाट उहां सहित अर्कि महिलाको समेत मृत्यु भएको हो।
बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा जाँदै गरेका देवकोटा संगै अर्की एक महिलाको समेत घटनास्थलमा मृत्यु भएको हो । मृतकहरु दुवैको सब मणिग्राम स्थीत क्रिमसन अस्पतालमा राखिएको छ।