जनहित सहकारी तिलोत्तमा ११ मा रक्तदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

मंसिर १०
प्रकाश गौतम
जनहित स्वलम्बन बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा ११ कालिकास्थानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सस्थाको २५ औ स्थापना दिवस अर्थात रजत महोत्सवको अवसरमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै जनहित स्वलम्बन बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष भास्कर गौतमले संस्थाले सामाजिक कार्य अन्तरगत रजत महोत्सवको अवसरमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाले रक्तदान कार्यक्रम आयोजना गरिरहनु अरुका लागी समेत सन्देश भएको बताउदै सहकारीले पनी सामाजिक उत्तरदायीत्वको बाम गर्न सक्ने स्पस्ट पार्नु भयो ।

रक्तदान कार्यक्रममा सहकारीका ब्यबस्थापक नारायण दत्त गैरेले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो ।
रक्त संचार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४१ ज्ना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।


प्रकाशित : २०८० मंसिर १०, आईतवार १७:४०