यसकारण गुम्न सक्छ कुर्मीको विरासद (सन्दर्भ) उद्योग वाणिज्य संघ निर्वाचन

[sharethis-inline-buttons]

लुदस, जीतपुर

विगत ९ बर्ष देखि तौलिहवा उद्योग बाणिज्य सघंका अध्यक्ष पदमा रहेका कुर्मीको कामै नगरी कार्यकाल सकिएको छ ।
यहि कार्तिक १३ गते हुन गइरहेको छैठों तौलिहवा उद्योग बाणिज्य सघंको अधिबेशनमा अध्यक्ष पदको लागि ३ जना चुनावी मैदानमा उत्रीएका छन । गयादिन कुर्मी (दिपु),अर्जुन चापागाईं, धिरज कुमार गुप्ता (सन्जय) अध्यक्ष पदका उम्मेदवार बनेका छन ।

दिपुले आफ्नो कार्यकालमा सघंको कुनै काम नै नगरी अध्यक्ष पद खाँदै आएको स्थानीय ब्यापारीले आरोप लगाएका छन ।
उद्योग बाणिज्य सघंले तौलिहवामा सन्चालन गरेको प्राचिन कपिलवस्तु महोत्सवको हिसाबकिताब समेत अझैसम्म सार्वजनिक गरेका छैनन् ।
सघंका सदस्यहरुले पटक पटक हिसाबकिताब सार्वजनिक गर्न माग गर्दा पनि कुर्मीले नसुने झै गरेको ब्यापारीले गुनासो गरे ।

अध्यक्ष कुर्मीले बठ्याई गरेर गत अर्थिक बर्षमा भएको प्राचीन महोत्सवमा २७ लाख आम्दानी देखाई २७ लाख नै खर्च देखाएर रकम हिनामिना गरेको हुन सक्ने एक ब्यापारीले नाम नबताउने सर्तमा बताए । जिल्लाको अरु स्थानमा सन्चालन भएका महोत्सवमा २०/ देखि ३० लाखसम्म फाइदा हुने गरेपनी प्राचीन कपिलवस्तु महोत्सव सधैं घाटा देखाइने भएको छ ।

कुर्मीले सघंको साधारणसभामा आर्थिक प्रतिबेदन र महोत्सवको आयब्यय समेत सार्वजनिक गरेन्न ।

कुर्मीले सघंको अध्यक्ष पदमा जित्नका लागि आफू अनुकुल सदस्यता वितरण गरेको आरोप लागेको छ ।

उद्योग बाणिज्य महासघंका पुर्व केन्द्रिय उपाध्यक्ष किशोर प्रधानले समेत सामाजिक सन्जालमै गयादिन कुर्मीलाई पद छोडेर अर्कोलाई हस्तान्तरण गर्न सुझाव दिएका छन । कुर्मीको प्रचार समाग्रीमा टिप्पणी गर्दै प्रधान लेख्छन “एउटै ब्यक्ती धेरै पटक अध्यक्ष पदमा दोहरिदा संस्था कोल्यापस हुन्छ, दुई कार्यकाल अध्यक्ष बसेपछि नेतृत्व हस्तान्तरण गर्नुपर्छ । ”

यता तौलिहवा उद्योग बाणिज्य सघंको तेस्रो कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवार समेत रहेका गयादिन कुर्मी (दिपु) ले आफु माथी लगाइएको आरोप अर्थहीन रहेको बताउछन् ।
कुर्मीले भने “मैले आफ्नो कार्यकालमा सघंको हितको लागि सदैव काम गरेको छु । म माथी लगाइएको आरोप गलत हो ।
कुर्मीले आफू अनुकुल सदस्यता वितरण नगरेकाले ब्यापारी, ब्यावसायीलाई नियमानुसार सदस्यता दिएको बताए ।
प्राचीन महोत्सवको हिसाबकिताब सघंको बन्द सत्रमा सार्वजनिक गरेको कुर्मीले जानकारी दिए ।
तर विगका महोत्सवमा कलाकारहरुले रकम नपाएको र मिडियाहरुलाई पनी पट्क पट्क प्रयोग गरेर रकम नदिई झुक्काएको जिल्लाका मिडिया हाउस संचालकहरु बताउछन् । केही व्यापारीहरु कुर्मीले तेस्रो पट्क उमेद्वारी दिएर आफ्नो बचेको छवी समेत गुमाएको बताउछन् ।
कपिलवस्तुको तौलिहवा उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्वका लागि उद्योगी व्यवसायीहरु प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

कपिलवस्तु जिल्लाको सदरमुकाममा रहेको संघ भएकाले पनि संघ प्रति सबैको चाँसो बढ्दै गएको छ । कुर्मीले यसपाली पनी आफुले जित्नेमा ढुक्क रहेको बताउदै आएका छन् ।

कुर्मीसँग गुप्ता २०७२ सालमा भएको संघको निर्वाचनमा अध्यक्ष पदमा हार बेहोरे । त्यसलगत्तै २०७५ मा भएको संघको चुनावमा पनि गुप्ताले हारे । त्यहि हारको बदला लिन गुप्ता पुनः तेस्रोपटक अध्यक्षमा लडेका छन् । १३ गतेका लागि तोकिएको मतदानका लागि गुप्ताले निर्वाचनमा भाग लिने सदस्यहरुलाई अनिवार्य स्थानीय लेखा नम्बर सहितको प्रमाणपत्र उपलब्ध गराउने प्रावधान रहनुपर्ने तर्क गर्छन् ।

कानुनी तवरले ब्यवसायीको हितका लागि काम गर्नुपर्ने संघले नगरेको उनको तर्क छ । उनले निर्वाचन समितीलाई उक्त कुराको ब्यवस्था गर्न आग्रह गरेका छन् । गुप्ताले १३ गते हुने निर्वाचनका लागि पान नम्बरको अनिवार्यताको माग गरेका छन्, उनले उक्त ब्यवस्था नभए निर्वाचन बहिस्कार गर्ने र अदालतमा मुद्दा हाल्ने समेत चेतावनी दिएका छन् ।
कुर्मी भने आफुले ह्याट्रिक मार्नेमा बिश्वस्त देखिन्छन् । आफ्नो पक्षमा अधिकांश ब्यवसायी रहेको दाबी गर्दै उनले आफ्नो जित सुनिश्चित भएको दाबी ब्यक्त गरे । दुईवटा कार्यकालमा आफ्नो नेतृत्वमा ब्यवसायीको हित र प्रवद्र्धनका लागि उदाहरणीय कार्य गरेकाले ब्यवसायीले आफुलाई जिताउनेमा उनी ढुक्क देखिन्छन् ।
अहिले अध्यक्ष पदमा नयाँ अनुहारका रुपमा निबर्तमान महासचिव अर्जुन चापागाईले उम्मेद्वार दिएका छन् । महासचिव पदमा सर्वाधिक मत ल्याई जितेका चापागाई अध्यक्ष पदका बलिया उम्मेद्वार मानिन्छन् । सरल र सहयोगी स्वभावका छवि बनाएका चापागाईलाई पराजित गर्न अन्य दुई उम्मेद्वारलाई फलामको चिउरा चपाए जस्तो हुन सक्ने तौलिहवाका अधिकांश ब्यापारीको आंकलन छ । कार्यमा निश्पक्षता र पारदर्शिता नै उनको जीतको बलियो आधार रहेको सरोकारवाला बताउँछन् ।
चापागाईले व्यवसायीको हकहितका लागि नयाँ एजेण्डाका साथ नेतृत्व लिन चाहेको बताए । उनले भने, ‘यहाँका व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेछ । बजार व्यवस्थापनका कुरा छन् । समग्रमा व्यवसायीको हकहितका लागि काम गर्छु ।’ ब्यवस्थित संघ निर्माण गर्ने आफ्नो सपना रहेको बताउँदै उनी भन्छन्, तौलिहवाको ब्यवसायिक वातावरण फेरिने गरि मलाई काम गर्नुछ ।
तीनैजना प्रतिस्पर्धीहरु आफूलाई अधिकांश उद्योगी व्यवसायीहरुको समर्थन रहेको दावी गर्छन् । यता, संघको निर्वाचनको मिति नजिकिदैं जाँदा नेतृत्वइतरका प्यानल खडा गरेर भेटघाट, छलफललाई दौडाहा पार्नमा उम्मेद्वार ब्यस्त देखिन्छन् ।
“ब्यवस्थित संघ, ब्यवसायिक हितमा आवद्धता, उद्योगी ब्यवसायीको सम्मान, हाम्रो प्रतिबद्धता” भन्ने मूल मर्मका साथमा अर्जुन चापागाई नेतृत्वको प्यानल निर्वाचनमा होमिएको छ । जस्को अध्यक्षमा चापागाई छन् भने वरिष्ठ उपाध्यक्षमा अनन्त भारती, उपाध्यक्षमा अजय कुमार कशौधन, महासचिवमा देवेस जैसवाल, सचिवमा बिरेन्द्र कुमार गुप्त र कोषाध्यक्षमा चन्द्रशेखर गुप्ता (चिन्टु) को उम्मेद्वारी छ ।
यस्तै, सदस्यहरुमा बलराम कशौधन, अंकित कुमार कान्दु, संजय कुमार राय सिंह, सुनिल कुमार गुप्त कशौधन र प्रिती अग्रहरी उम्मेद्वार रहेका छन् ।
यता, गयादिन कुर्मी (दिपु) नेतृत्वको प्यानल सहित निर्वाचनमा होमिएको छ । “ब्यावसायिक समृद्धि, सामाजिक एकता, सक्षम नेतृत्व हाम्रो प्रतिबद्धता” भन्ने मूल मर्म लिएर कुर्मी नेतृत्वको प्यानल मैदानमा उत्रिएको छ ।
कुर्मी नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव, उपाध्यक्ष पदका लागि मोहम्मद जमा मसुलमान, महासचिवमा गिरिजेश शरण चौधरी, सचिवमा बासुदेव बर्मा (अजय) र कोषाध्यक्ष पदमा नसरुद्धिन गौरी उम्मेद्वार छन् ।
यस्तै कुर्मीको नेतृत्वको प्यानल अन्र्तगत सदस्यहरुमा बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देबेन्द्र गुप्ता, सुनिल पाठक र अम्रिका कुर्मी उम्मेद्वार रहेका छन् । यस्तै महिला सदस्यहरुमा कनिज फातिमा रंगरेज उम्मेद्वारका रुपमा खडा भएकी छिन् ।
कुर्मी नेतृत्वको प्यानलमा १२ सदस्यीय टिमको घोषणा गर्दै निर्वाचनमा होमिइरहँदा गुप्ता नेतृत्वको प्यानल भने देखिएको छैन् । गुप्ता स्वतन्ध रुपमा एक्लै अध्यक्ष पदमा लडेका छन् । यता, कोषाध्यक्ष पदका उम्मेद्वार बृजेश भटरा समेत स्वतन्त्र रुपमा लडेका छन् ।
तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन यहि मंसिर १३ गते हुने तय भएको मुख्य निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तव बताउँछन् । निर्वाचनका लागि १४ सय १३ जनाको मतदाता नामावली प्रकाशन भईसकेको छ ।


प्रकाशित : २०८० मंसिर १०, आईतवार २०:४६