
रुपन्देहीको सियारीमा संचालित सहकारीहरुको संचालक तथा ऋण उपसमितिको क्षमता अभिबृद्धि तालिम सम्पनन भएको छ । विभिन्न ५ वटा सहकारीको आयोजनामा निष्ठा साकोस शिक्षा उप–समिति संयोजकको संयोजकत्वमा तालिम सम्पन्न भएको हो ।

निष्ठा साकोसका अध्यक्ष लाल बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक प्रकाश अधिकारीले प्रशिक्षण दिएका थिए । उनले सहकारीका विषयमा के कसरी कार्यालय संचालन र व्यवस्थापन गर्ने विषयमा प्राशिक्षण दिएका थिए । निष्ठा साकोसका प्रबन्धक प्रेम बहादुर गोदारको संचालनमा भएको कार्यक्रममा बिशिस्ठ अतिथि तराई बहुउद्देशीय सहकारी का राम मिलन यादव, नागरीक बहुउद्देशीय सहकारी राजकुमार घिमिरे, सियारी साकोस बिक्रम भुज लगायतले बोलेका थिए ।
कार्यक्रममा निक्ष्ठा साकोस, सियारी साकोस, नागरिक बहुउदेश्यीय सहकारी, तराई बहुउदेश्यीय सहकारी र शान्तिदिप महिला विकास सहकारीका संचालक तथा ऋण उप समितिको सहभागिता रहेको थियो ।
प्रकाशित : २०८० मंसिर १३, बुधबार ११:३१