महोत्सवको रथ हाक्ने सारथीहरु, यस्तो छ समुद्घाटन तयारी

[sharethis-inline-buttons]

लुदस,
विहिवार देखि औपचारिक रुपमा शुरु हुने १४ औं कपिलवस्तु महोत्सवले जिल्ला मात्र होईन समग्र यस क्षेत्रकै ध्यान तानेको छ ।
जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहदै आएको महोत्सव उद्योग व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो ।

कपिलवस्तु महोत्सव हाल १४ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुदै आएको छ । युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार प्रवद्र्धनमा प्रोत्सान’ भन्ने मुल नाराका साथ सुुरु हुन थालेको महोत्सवलाई विशेष महत्वका साथ हेरिएको छ ।
तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् ।
१४ औं महोत्सव सम्म आईपुग्दा पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृषि उपजहरुको बजारीकरण र उत्पादनमा फलदायी हुने अपेक्षा गरिएको छ ।
यस अगाडी वेलफेयरले आयोजना गरेको महोत्सवबाट सकंलन भएको बचत रकमबाट तथा पार्किङ्ग तर्फबाट लागु औषध दुव्र्यसनी तर्फ सहयोग पुर्‍याएको थियो । यसवर्ष पनी दुव्र्यसनी मुक्त समाज निर्माणका लागि टेवा पुर्‍याईएको छ ।
जिल्लामा हालसंम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेका छन् । २०६५ बाट सुरु भएको महोत्सवको पहिलो संयोजक को रुपमा स्थानिय समाजसेवी स्व।शंकर प्रसाद आचार्य रहेका थिए भने दोस्रो महोत्सव संयोजकमा तत्कालिन कपिलवस्तु व्यापार संघका अध्यक्ष विष्णु प्रसाद न्यौपाने रहेका थिए । तेस्रो महोत्सव संयोजक चर्चित समाजसेवी स्व। शेरबहादुर क्षेत्रीले गरेका थिए । चौथो महोत्सव पनि व्यापार संघले आयोजना गरेको थियो जसको संयोजक देवी पाण्डेले गरेका थिए । पाँचौ महोत्सव भने युवाहरुको काधमा रहेको थियो जसमा संयोजक वेलफेयरका पूर्व अध्यक्ष पदम सेनले गरेका थिए । सातौ , नवौं र एघारौ महोत्सवको रथ संयोजक वेलफेयरका अध्यक्ष राजकुमार खाँणले हाकेका थिए भने १० आंै महोत्सव अर्थात १ दशकको महोत्सव भने विशेष पहिचानका साथ उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ नेतृत्वमा थियो ।
यस अगाडीका बाâौ र तेâौ महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरको संयोजकत्वमा संम्पन्न भएका हुन् ।
१४ औं कपिलवस्तुको नेतृत्व चर्चित समाजसेवी व्यातिmत्व एवं बाणगंगा वेलफेयर सोसायीटीका अध्यक्ष खाँणले काधमा छ ।
महोत्सवले कपिलवस्तु जिल्लाको एतिहासिक तथा धार्मिक विकास सँगसँगै उद्योग व्यवसायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयोजक खाँणको भनाई छ ।
यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृती, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्ण हुने भईरहेको वेलफेयर का महासचिव दिनेश क्षेत्रीले बताए । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।
महोत्सवमा स्थानीय उत्पादन र उद्योग तथा बजारलाई प्रमुख ग्राहयता दिएको स्टल संयोजक मिन थापाले जनाएका छन् । महोत्सव युवा बुढापाका पुस्ता , बाल बच्चा सवैको मन जित्ने चाख लाग्दो रहेको आयोजकको दावी छ । स्थानीय भाषा संस्कृतिको उत्थान र पहिचान लाई पनि कपिलवस्तु महोत्सवले प्रस्फुटन गर्ने निर्देशक क्षेत्रीले बताए । सर्वाधिक चासोका साथ हेरिएको हाल १२ आंै डान्स आईडियलका प्रतिभाहरुको नित्यले महोत्सवमा पुग्ने दर्शकहरुको ध्यान तान्नेगरि निकै प्रतिस्पर्धाबाट डान्स आईडल छनौट रहेको बताईएको छ ।
यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रर्वद्धन गर्ने गरि महोत्सव सजाईएको उनले बताए । करिव २ सय ५० व्यवसायीक स्टल र ५० बढी प्रर्दशनी स्टल रहेको र आधुनिक कृषि उपकरण,कृषि फर्म , नर्सरी , कृषि उपज प्रर्दशनी आर्कषक,सचिवालय ,वरपर रहेको रहेको सेल्फि जोन लगाएत आर्कषण हुने जनाईएको छ ।

वेलफेयरको आयोजनामा रौनक
१४ औं महोत्सव सम्म आईपुग्दा वेलफेयरले आयोजना गर्ने महोत्सवले छुट्टै रौनकता ल्याउने गरेको छ । उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, लक्ष्मणघाटमा रहेको शव दाह स्थल व्यवस्थापनमा सहयोग गर्ने लगाएतका उदेश्य रहेका छन् ।
महोत्सव सवैको साझा भएको हुदा“ सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने वेलफेयर सोसाईटीका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खा“णले बताए । खा“णले विगतमा वेयलफेयरले पा“च पट्क लागेका महोत्सवको अनुभव र साझा सरोकारका विषय सहित महोत्सवलाई प्रभावकारी बनाउन चरणमाबद्ध काम भैरहेको बताए ।
महोत्सवमा संघ संस्था समन्वय, डान्स आईडलको अडिसन,स्टलको काम अन्तिम चरणमा , छपाई तथा प्रचार प्रसार , सरोकारवाला निकायसग छलफल तथा अन्र्तरक्रिया, लगाएतका कामहरु अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
यस आगाडीका महोत्सवमा हेलिकप्टर सयर गराएर कपिलवस्तुको आकासबाट पुष्पबर्षा ले स्वागत गरि नया“पन दिएको महोत्सवमा अहिले सम्मकै नौलो राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन हुने बताईएको छ ।

नेता भण्डारीले महोत्सवको उद्घाटन गर्ने

१४ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८० को उद्घाटन नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गर्ने भएका छन् ।  बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनमा हुने महोत्सवको मंसिर २१ गते बुद्ध रंगशालामा भण्डारीले महोत्सवको उद्घाटन गर्नेछन् ।

ग्याँस विसफोट भएपछि ठुलो दुर्घटनामा परेका भण्डारी लामो उपचारपछि पुर्नजीवन पाएका नेता हुन् । उपचारपछि निको भएर उनले गरेको संसदको सम्बोधनदेखि सार्वजनिक कार्यक्रमका भाषण सामाजिक संजालमा चर्चामा रहेका थिए ।

काँग्रेसको नेता भए पनि भण्डारी सबैको प्रिय नेता मानिन्छन् । इमान्दार चरित्र र प्रष्ट बोल्ने उनको विशेषता हो । यिनै विशेषता रहेका र अहिलेका सर्वाधिक चर्चामा रहेका कारण यसपटक भण्डारीलाई उद्घाटनको प्रमुख अतिथि बनाउने निर्णय गरिएको सोसाइटीका अध्यक्ष तथा महोत्सव  संयोजक राज कुमार खाँणले जानकारी दिए ।

 यो समाचार लुम्बिनी दर्पण साप्ताहिकमा छ ।


प्रकाशित : २०८० मंसिर २०, बुधबार २०:०२