मोहन बेल्वासे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले मुलुकको नेतृत्व गरेकाहरूले देश बर्बाद पारेको बताएका छन् । बाणगंगा वेलफेयर सोसाईटीले ४ नं जीतपुर कपिलवस्तुमा आयोजना गरेको १४ औ कपिलवस्तु महोत्सवलाई सम्बोधन गर्र्दैै भण्डारीले पार्टीका शीर्ष नेताहरू समायानुकूल ‘अपडेट’ हुन नसक्दा देश डामाडोलतर्फ उन्मुख भएको बताए।
‘ऋण खोजीखोजी भैरहवा अन्तराष्ट्रिय विमानस्थल किन बनाएको छ ?,’ उनले भने, ’मुलुकमा अहिले झण्डै २४ खरब ऋण छ । आयोजनाहरू नचाहिने हो भने किन बनाएको?’
वर्तमान सरकारले जनतालाई डेलिभरी दिन नसकेको उनको आरोप छ।
प्रदेश सरकारले त झनै काम गरेर जनतालाई जवाफ दिन नसकेको उनको भन्दै उनले संघियता अन्य देशबाट आयादित कपि भएको हुदा मुलुकले् थेग्न नसकेको भन्दै उनले भने ‘भाषण गरेरमात्र देश बन्दैन। अहिले व्यवसाय धरासय भएका छन्, अर्थतन्त्र विजोग छ। नेतृत्वलाई किन यसको चिन्ता लाग्दैन,’।
आव आफु देशका लागि मृत्यु शैयाबाट बाचेर आएको भन्दै देश, जनता र नेपाली संकृति भन्दा बाहिर सोच्न पनी नसक्ने र भष्टाचारी देशद्रोही कसैलाई नछाडने बताए । स्वर्ग जस्तो नेपाल यहा“का प्रकृतिक संम्पदा विश्वमा चिनाउन नसकेकै कारण देश गरिव भएको भन्दै युवाहरु गाउ नै रित्तिने गरि विदेश पलाएन हुने अवस्था यीनै दलका नेताका कारण आएको उनले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि एवं कपिलवस्तु क्षेत्र नं १ का सांसद बलराम अधिकारीले पन्चायत, बहुदल र गणतन्त्रमा के के उपलब्धी भए भन्ने विश्लेषण गरेर जनताका काम गर्ने वातावरण बनाएर देश विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सांसद विष्णु पंन्थीले अर्थतन्त्र चलाएमान बनाउन वर्तमान सरकारले काम गर्न नसकेको बताएका थिए । विभिन्न संघ संस्थाका करिव २ दर्जन झाकी सहित उद्घाटन शत्र भव्य रुपले संम्पन्न भएको थियो ।