लुदस, जीतपुर
नेपालका संस्कृती तथा पर्यटन मन्त्री सुदन किरातीलाई प्रमुख अतिथी बनाएर भारतीय राजदुताबासले गरेको सांस्कृतीक उत्सवमा गौतम बुद्धका पिता समेत रहेका राजा सुद्धोधनलाई भारतीय शासक भएको सन्देश दिईएको छ।
सांस्कृतीक उत्सवको महत्वपुर्ण पार्टको रुपमा रहेको फोटो प्रदर्शनी संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले गरेका थिए भने लुम्विनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु कार्यक्रममा बिशिष्ट पाहुनाका रुपमा सहभागी थिए .

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नका लागि विभिन्न तयारीहरु भईरहेको बेला भारतले कुटनितीक ढंगले सांस्कृतीक उत्सव आयोजना गरेर तिलौराकोटलाई समेत ओझेलमा पार्न खोजेको आशंका गरिएको छ ।
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब तीन किलोमिटर उत्तरतर्फ वाणगंगा नदीको किनारमा रहेको छ तिलौराकोटमा तत्कालिन कपिलबस्तुका राजा राजा शुद्धोधनको दरबार रहेको छ भने तिलौराकोट दरबारमै सिद्धार्थ गौतमले आफ्नो २९ वर्षसम्मको उमेर बिताएका थिए ।
बुद्ध दर्शन र बुद्धको जीवनमा निकै ठूलो महत्व रहेको तिलौराकोट प्राचीन शाक्य गणराज्यको राजधानी, पौराणिक सहर रहेको पुष्टि विभिन्न समयमा यहाँ गरिएका उत्खनन्ले पुष्टि गरिसकेको छ।
तर भारतले लुम्विनी बिकास कोषको आँगनमै सांस्कृतिक उत्सव आयोजना गरेर राजा शुद्धोधनले राज्य संचालन गरेको कपिलवस्तु भारतको पिपरहवामा रहेको जहाँ सिद्धार्थ गौतमले आफ्नो जिवनको प्रारम्भिक उमेर बिताएको भन्दै झुठो प्रचार गर्दा पनि नेपाली मन्त्री र कुटनितिज्ञहरु आशनग्रहणको स्वादमा रमाएका छन्।
लुम्बिनी विकासकोषका अध्यक्ष समेत रहेका सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, विकासकोषका उपाध्यक्ष डा। ल्यारक्याल लामा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्ता, पूर्वमन्त्रीहरु हृदयेश त्रिपाठी, कृष्णध्वज खड्का लगायतलाई साक्षी राखेर गरिएको फोटो प्रर्दशनीमा राखिएका तस्वीरहरुको सन्देश एउटै थियो गौतम बुद्धको महत्वपुर्ण इतिहासलाई भारत संग जोडने ।
गत मंसिर २२ गते काठमाण्डौस्थित भारतीय राजदुतावासले मायादेवी मन्दिर परिसरमै आयोजना गरिएको सांस्कृतिक कार्यक्रमसँगै राजदुतावासले भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको समेत प्रदर्शनी गरेको थियो। प्रदर्शनीमै राखिएका तिनै फोटोहरुमा कपिलवस्तु भारतको उत्तर प्रदेशको पिपरहवामा रहेको, त्यहाँका राजा शुद्धोधन भएको र त्यहिँ सिद्धार्थ गौतमले प्रारम्भिक उमेर बिताएको उल्लेख गरिएको छ।
मायादेवि मन्दिरको दक्षिणतर्फ रहेको पोखरीको दक्षिण पश्चिम किनारमा राखिएको तस्वीरमा राजा सुद्धोधनले भारतको उत्तर प्रदेशमा रहेको कपिलबस्तुको पिपरहवामा शासन गरेको उल्लेख गरेको कुरालाई मतलवै राखेनन्।
भारतिय फिल्म निर्माता तथा फोटोग्राफर बेनोय के बेहीले खिचेको भनिएका तस्विरमा ईसापूर्व तेश्रो शताब्दीका सम्राट अशोक बौद्धधर्मका पहिलो महान शाही संरक्षक रहेको र उनले पालादेखि नै बुद्धधर्म भारतको कुनाकुनामा हुँदै कश्मीरबाट उत्तरी हिमालय क्षेत्रहरु चीन, कोरिया, श्रीलंका र जापानसम्म पुगेको उल्लेख गरिएको छ।
बुद्धजम्मस्थल पवित्र लुम्बिनीमै गरिएको फोटो प्रदर्शनीमा गौतमबुद्ध र लुम्बिनीसँग नेपालको कुनैपनि सम्बन्ध बारे उल्लेख गरिएको थिएन। भारतीय राजदुत श्रीवास्तवसँगै फोटो प्रदर्शनीको अवलोकन गरेका मन्त्री किराँती, उपाध्यक्ष लामा, मुख्यमन्त्री तथा प्रदेशका मन्त्री र सांसदहरुले कपिलवस्तुको तिलौराकोटको भग्नावशेस जस्तै देखाईएको भारतको कपिलवस्तुको तस्विरहरुको चुपचाप अवलोकन गरेपनि तस्विरमा लेखिएका क्याप्सनहरु प्रति कुनै चासो नै दिएनन्।
निकै ध्यान र चासो दिएर फोटो प्रदर्शनीको अवलोकन गरेका मन्त्री किराँतीले तस्विरसँगैको क्याप्सनमा राजा शुद्धोधनले भारतको उत्तर प्रदेशमा रहेको कपिलवस्तुको पिपरहवामा नै शासन गरेको उल्लेख गरेको कुरालाई मतलव नै राखेनन्।् ।
बरु भारतीय दुतावासले लुम्बिनीमा भारत नेपाल सांस्कृतिक उत्सव आयोजना गरेर दुईदेश बीचको सम्बन्धलाई अझै प्रगाढ बनाएको भन्दै अभिव्यक्ति दिए। उनले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्धलाई सांस्कृतिक उत्सवले थप प्रगाढ बनाएको भन्दै नेपाल दुई ठूला छिमेकी भारत र चिनविचको पक्की पुल बन्न चाहेको बताएका थिए ।
सिद्धार्थ गौतमको क्रिडास्थल भनेर चिनिने यहि तिलौराकोटमा गरिएका उत्खनन्बाट प्राप्त प्रमाणको आधारमा अहिले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विभिन्न कामहरु भईरहेका छन्। राष्ट्रिय÷अन्तर्राष्ट्रिय पुरातत्ववीज्ञहरुले कपिलवस्तुको तिलौराकोट नै शाक्य गणराज्यको राजधानी रहेको पौराणिक सहर रहेको र यहिँ सिद्धार्थ गौतमले आफ्नो २९ वर्ष सम्मको उमेर बिताएको पुष्टि गराउँदै विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गरिरहेका बेला भारतले भने बुद्धजन्मस्थल लुम्बिनी आएर कपिलवस्तु भारतमा रहेको दावी गर्दै फोटो प्रदर्शनी गरेको छ ।
कपिलवस्तुको तिलौराकोट नै प्राचिन कपिलवस्तुको राजधानी रहेको पुष्टी हुँदै गर्दा भारतले उत्तर प्रदेशमा रहेको पिपरहवामा राजा शुद्धोधनले शासन गरेको झुठो दावी सहित नक्कली कपिलवस्तु खडा गरिरहेको चर्चा आउने गरेको थियो।
लुम्बिनीका पुर्व मन्त्री एवं नेकपा एमालेबाट कपिलवस्तुबाट निर्वाचित प्रदेश सांसद विष्णु पन्थीले तिलौराकोटको ईतिहाँस मेट्ने षडयन्त्रमा सरकारका मन्त्री र मुख्यमन्त्रीहरु नै साक्षी बसेको आरोप लगाए । सक्कली कपिलवस्तु र तिलौराकोटलाई नक्कली बनाउने भारतको सूनियोजित चालमा संघीय मन्त्री, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु साझी बस्नु बुद्ध र लुम्बिनीमाथीको घात रहेको बताए ।
‘राजा शुद्धोधनको राजधानी कपिलवस्तु भारतको उत्तरप्रदेश पिपरहवामा छ भनेर भारतले पुष्टि गराउने भारतले उपयुक्त ठाउँ लुम्बिनीलाई रोज्यो, भारतको सूनियोजित चालमा सरकारका मन्त्रीहरु नै गौतमबुद्ध जन्मिएको मायादेवी मन्दिर परिसरमै आएर साक्षी बसेर लुम्बिनी र बुद्धमाथी नै ठूलो घात गरिएको छ,’ पन्थीले भने ।
सांसद पन्थीले राजा शुद्धोधनले राज्य गरेको कपिलवस्तु भारतमा रहेको भन्दै मायाँदेवी मन्दिर परिसरमै फोटो प्रदर्शनी गर्नु र संघीय मन्त्री र मुख्यमन्त्री समेतले चुपचाप अवलोकन गरेर भारतको दावीलाई पुष्टि गरिदिएको बताए। पन्थीले यसबारेमा फोटो प्रदर्शनी गर्ने अनुमती दिने दुबैपक्षले माफी मागेर गल्ति सच्चाउनुपर्ने बताए ।
लुम्बिनी विकासकोषका उपाध्यक्ष डा। ल्यारक्याल लामाले प्रदर्शनीमा राखिएका फोटोहरुको अवलोकन गरेपनि त्यसमा लेखिएका अक्षरहरु सानो भएकोले के लेखिएको थियो भन्ने पढ्न नपाएको बताए। ‘फोटो प्रदर्शनीको अवलोकन गरेको हो तर, अक्षर सानो भएको र चश्मा समेत नलगाएकोले पढ्न खोजेपनि सकिएन,’ उनले भने ।
उपाध्यक्ष लामाले फोटोहरुमा लेखिएको विषयमा पछि मात्रै थाहा पाएको र यसबारेमा भारतीय दुतावाससँग कुरा गरिसकेको दावी गरे। ‘मैले पनि सामाजिक सञ्जालमा गरिएका टिप्पणीपछि मात्रै फोटोहरुमा लेखिएको क्याप्सन बारे थाहा पाएँ, यसबारेमा दुताबासमा कुरा गरेको छु, दुतावासले आफैले नभई फोटोग्राफरले फोटोहरु प्रदर्शनीमा राख्दा गल्ती कमजोरी भयो भनेको छ, यसलाई हामी सच्चाउँछौं,’ लामाले भने ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले आफु कार्यक्रममा सहभागि भएर फोटो प्रदर्शनीको अवलोकन नगरी त्यहाँबाट हिँडेको र यसबारेमा मुख्यमन्त्रीसँग कुरा गर्ने बताए। ‘कार्यक्रममा सहभागि भएपनि म फोटो अवलोकन नगरि त्यहाँबाट हिँडेको थिएँ, भारतको उत्तरप्रदेशमा पनि कपिलवस्तु रहेपनि राजा शुद्धोधनको राजधानी शहर भने तिलौराकोट नै रहेको पुष्टि भईसकेकोले कसैले फोटो राख्दैमा केहि हुँदैन तरपनि, के रहेछ मुख्यमन्त्री ज्यूसँग कुरा गर्छु,’ उनले भने।




















