
श्रीलङ्काको एउटा राष्ट्रिय निकुञ्जमा एउटा जङ्गली हात्तीले त्यहाँ घुम्न गएका पर्यटकहरू चढेको गाडीको सिसा फुटाएर भित्र सूँड छिराएपछि उनीहरू स्तब्ध भए। त्यो हात्ती भोकाएको थियो र खानेकुराको खोजीमा थियो। त्यो गाडीमा अस्ट्रेलियाबाट बिदा मनाउन श्रीलङ्का आएका कसुन बस्नायक सपरिवार थिए। हात्तीले चालक बसेको ठाउँपट्टि भएको झ्यालबाट आफ्नो सूँड छिराएर खानेकुरा खोज्यो। केही रहलपहल भेटेपछि हात्तीले आफ्नो सूँड बाहिर निकाल्यो। उक्त घटनामा कोही पनि घाइते नभएको बस्नायक परिवारले जनाएको छ। हात्तीले हाम्रो खुट्टातिर सुँघेर खानेकुरा खोज्न थाल्यो अनि चालकले आफूसँग भएको खानेकुरा झ्यालबाहिर फाल्न भने। चालकले त्यसपछि गाडी हुइँक्याए।


प्रकाशित : २०८० मंसिर २९, शुक्रबार १६:१८