महोत्सवको सिजन ः गायक-गायिकालाई देश दौडाहामा भ्याइनभ्याई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे

चर्चित गाएक पुस्कल शर्मा कपिलवस्तुमा जारी महोत्सवमा सनिवार आउदैछन् शुक्रवार कपिलवस्तु पुगेर पशुपती शर्माले आफ्नो प्रस्तुति दिएका छन् । उनीसँगै अहिलेकी चर्चित गायिका शान्ति श्री परियार पनि महोत्सवमा आकर्षणको केन्द्रमा रहेका छन् ।
गाएक पुस्कल शर्मा यहि मंशिर ४ गते बर्दीयाको गुलरिया महोत्सवमा पुगे, ९ गते सनिवार नवलपुर , गत सोमवार धनगढी , १९ मंगलवार गते पाल्पा र गत सनिवार बुद्धभुमी महोत्सव मा गित गाएर विभिन्न महोत्सव संगै एक हप्तामा पुन कपिलवस्तु झरेका हुन् । यो समाचार तयार पार्दै गर्दा उनी शनिवार १४ औं कपिलवस्तुका लागि बुटवल पुगेको बताए । उनले भैरहवामा संम्पन्न महोत्सवमा प्रस्तुति दिएका थिए ।
यस्तै, गायिका परियार पनि रुपन्देही (भैरहवा र मणिग्राम), रुकुम, रोल्पा, नवलपुरलगायतका जिल्लामा आयोजित मेलामा प्रस्तुति दिएर पाल्पा पुगेकी हुन् ।


शर्मा र परियार मात्र होइन, यति बेला सांगीतिक क्षेत्रमा चलेका गायक-गायिकालाई देशभित्रका मेला-महोत्सवको दौडधुपले छोएको छ ।
मंसिर लाग्नेबित्तिकै शुरू भएका मेला-महोत्सवमा पुगेर सांगीतिक प्रस्तुति दिन गायक-गायिकाहरू व्यस्त बनेका हुन् । उनीहरूले सामाजिक सञ्जाल फेसबूकमा राख्ने गरेका तस्विरले पनि मेला महोत्सवमा व्यस्तता बढेको प्रस्ट्याउँछ ।
कतिपय जिल्लामा महोत्सव शुरू भइसकेका छन् भने कतिपयमा तयारी भइरहेको छ । कतिपयमा सम्पन्न समेत भइसकेको छ ।
चितवनमा चलेको ‘चितवन नारायणी महोत्सव’ शनिबार मात्रै सकिएको छ । शनिबार झन्डै ४५ हजार दर्शकको अगाडि आफूले प्रस्तुति दिएको गायिका रचना रिमालले उल्लेख गरेकी छन् ।

भैरहवामा जारी लुम्बिनी प्रादेशिक महोत्सव सोमबार सकिँदै छ । उद्योग व्यापार संगठन रूपन्देहीले यो महोत्सव गरेको हो ।
गायक पशुपती शर्मा मंसिर लागेसँगै मेला महोत्सवको सिजन शुरू भएको बताउँछन् । यद्यपि, यस वर्ष मंसिरमा विगतमा भन्दा धेरै महोत्सव भइरहेको महसुस उनले गरेका छन् ।

 

‘महोत्सवको सिजन मंसिरबाटै शुरू हुने हो । तर, यस वर्ष शुरूआतमै धेरै महोत्सव भइरहेको जस्तो लागेको छ’ उनले भने ।

कपिलवस्तुमा जारी महोत्सवमा दिनहुँ ४/५ जना चर्चित कलाकारहरू पुगेर प्रस्तुति दिँदै आएका छन् ।

यस अगाडी गाएक प्रमोद खरेल, सपना गाहा, खेम सेन्चुरी,बालचन्द्र बराल, अस्मिता अधिकारी,रामजी खाँण, गायिका शान्तिश्री लगाएतका २ दर्जन बढी कलाकारहरुले प्रस्तुति दिईसकेका छन् ।
महोत्सवका संयोजक राज कुमार खाँणले महोत्सवमा दर्शकको आकर्षणमा कलाकार हुने र कलाकारका लागि दैनिक १ लाख रुपैयाँ बढी छुट्याउनुपर्ने बताउँछन् ।
‘अहिले पिकमा रहेका कलाकार ल्याउँदा एक जनालाई १ लाखसम्म तिर्नुपर्छ । ठिक्क-ठिक्कका कलाकारहरू ल्याउँदा पनि ४० हजारभन्दा बढी दिनुपर्छ,’ उनले भने ।

युट्युबबाट सीमित आम्दानी गर्ने कलाकारहरू पनि स्टेजबाट राम्रो कमाइ गरिरहेका हुन्छन्, त्यसैले त गायक-गायिकाको अहिलेको समयको आम्दानीको मुख्य स्रोत नै मेला महोत्सव मानिन्छ ।
पछिल्लो समय मेला-महोत्सवको क्रम विगतभन्दा बढिरहेको हुनाले कलाकारहरूको स्टेजबाट हुने आम्दानी पनि बढिरहेको महोत्सव व्यवस्थापकहरु बताउँछन् ।
कपिलवस्तुमा छैठौ पट्क बाणगंगा वेलफेयर सोसाइटीले महोत्सव आयोजना गरेको हो भने देशका अन्य ठाउँमा उद्योग वाणिज्य संघ र व्यापार संघले गर्ने मेला महोत्सव त निरन्तर छन् । तर, पछिल्ला वर्ष विभिन्न संघ-संस्थाका महोत्सव पनि थपिएका छन् । सोही कारण मेला महोत्सवको संख्या बढेको छ,’ उनले भने, ‘त्योसँगै चुनौती पनि थपिएको छ । एकै स्थानमा धेरै महोत्सव हुँदा त्यसको महत्त्व पनि घट्दै गएको जस्तो लाग्छ ।’


कोभिड महामारीका कारण ३ वर्ष मेला महोत्सव हुन सकेनन् । गत वर्षदेखि गति लिएको मेला-महोत्सवको गतिविधि यस वर्ष अझै बढ्ने विश्वास रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका सचिव असिम क्षेत्रीले बताए ।
उनले केही कलाकारहरूले युट्युबबाट समेत राम्रो आम्दानी गर्ने गरे पनि समग्रमा कलाकारहरूको आम्दानीको मुख्य स्रोत मेला-महोत्सव रहेको बताए ।
उनले भने – ‘लोकदोहोरीतर्फ प्रकाश सपूत, प्रकाश दूतराज, पशुपति शर्मा, खेम सेञ्चुरी लगायतका कलाकारहरूले युट्युबबाट पनि राम्रै कमाउनुहुन्छ जस्तो लाग्छ । तर, धेरै गायक-गायिकाको बाँच्ने मुख्य आधार मेला महोत्सव नै हो ।’
जिल्ला-जिल्लामा हुने साना-ठूला मेला महोत्सवले स्थानीय कलाकारहरूलाई पनि राम्रो गरेको उनले बताइन् । मंसिरदेखि फागुनसम्मलाई मेला महोत्सवको सिजन मानिन्छ ।
पछिल्लो समय कतिपय मेला महोत्सवमा राजनैतिक पुर्वाग्रह देखाउने र जनता दर्शकले रुचाएका कलाकार समेतलाई स्थान नदिने गरिएको कलाकारहरुको गुनासो छ । खासँगरि उद्योग वाणिज्य संघ ले आयोजना गर्ने महोत्सवमा यस्तो गतिविधि देखिएको बताईएको छ ।


प्रकाशित : २०८० मंसिर २९, शुक्रबार २३:००