रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ९का वडा सचिव सुख्खु यादवको आज एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
बिदाइ कार्यक्रममा बोल्दै गैडहवा गाउँपालिका वडा न ९का अध्यक्ष मिना क्षेत्रिले वडा सचिव सुख्खु यादवले वडामा वडा बासीलाई दिएको सेवा रबिकाशमा गरेको कामको खुलेर प्रसंसा गर्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै बिदाई हुदै गरेका गैडहवा गाउँपालिका वडा न ९का वडा सचिवले २०५३ साल बाटै आफुले जनताको सेवा गरेको भन्दै अहिले ९का अध्यक्ष मिना क्षेत्रि नेतृत्व सहितको जनप्रतिनिधिको कामले आफु र वडा बासीलाई समेत सहज भएको बताउनु भयो ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ९का वडा सचिव सुख्खु यादव २७ बर्ष सेवा पुरागरि आज बाट अनिबार्य अवकास लिनु भएको छ ।




















