ताजा अपडेट

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नारायणगढ–बुटवल सडकखण्ड १८ किलोमिटर कालोपत्र

Lumbini Darpan 1 २०८० पुष ११, बुधबार ०९:४५
[sharethis-inline-buttons]

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राकेश झाका अनुसार अहिले एकतर्फी कालोपत्रसँगै सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था), ठूला पुल निर्माण, सडकको दायाँबायाँ र खोला किनारमा पर्खाल निर्माणलगायतका काम भइरहेका छन् ।

आगामी दुई महिनाभित्र एकतर्फी ४२ किलोमिटर कालोपत्र गर्नेगरी सडक विस्तारको काम भइरहेको उनले बताए । अहिले ठूला निर्माणलाई प्राथमिकता दिँदै दाउन्ने पहाडको भित्तो काट्ने कामसमेत अगाडि बढाइएको उनको भनाइ छ ।

‘पूर्वी खण्डमा पर्ने दाउन्ने पहाडको पाँच किलोमिटर पहाडमध्ये चार किलोमिटर पहाड काटेर फराकिलो पारिसकेका छौं’, उनले भने, ‘बाँकी रहेको एक किलोमिटर पहाड पनि एक महिनाभित्र काटेर सक्नेगरी काम अघि बढाएका छौं ।’

दुम्कीबासतर्फबाट पहाडको भित्तो काट्दै गएको उल्लेख गर्दै पहाडको भित्तो काटेर सकेपछि दाउन्नेको पहाडमा पनि कालोपत्रको काम अगाडि बढाइने उनले बताए ।

अहिले गैंडाकोटको भेँडाबारीबाट झराही खोलासम्म, देवचुलीको रजहर, कावासोतीको डण्डा बजार र कावासोती बजार क्षेत्रमा कालोपत्रको काम भइरहेको उनले जानकारी दिए ।

‘कावासोतीको सुक्खा खोला पुलबाट पश्चिमतर्फ करिब चार सय मिटर विवाद भएको छ’, उनले भने, ‘एक महिनाभित्र विवाद भएको ठाउँबाहेक कावासोती क्षेत्रको सबै ठाउँमा कालोपत्र गरिसकिन्छ ।’

आगामी फागुनबाट डण्डा पश्चिमतर्फ र गैंडाकोटको थुम्सी जङ्गल पूर्वतर्फको भागमा कालोपत्रको काम अगाडि बढाइने ठेक्का व्यवस्थापक झाको भनाइ छ । हालसम्म आयोजनाको पूर्वी खण्डको काममा करिब ४४ प्रतिशत प्रगति भएको जनाउँदै आगामी असारसम्म ७० प्रतिशत काम सकिने जानकारी दिए ।

‘दोस्रोपटक म्याद थप भएको समय २१ जुलाइमा सकिन्छ, त्यतिबेलासम्म पूर्वी खण्डको ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, ‘हामीले विसं २०८१ को चैत मसान्तसम्म ९० प्रतिशत भौतिक प्रगति सक्नेगरी कार्ययोजना बनाएर निर्माणलाई तीव्रता दिएका छौँ ।’

सडक विस्तारका लागि अहिले कुनै अवरोध छैन । गैँडाकोटमा बिजुलीको पोला सार्ने काम भइरहेका कारण त्यस क्षेत्रमा कालोपत्र गर्न ढिलाइ भएको भन्दै त्यसबाहेक अन्य अवरोध नरहेको उनले बताए ।

विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता भएर चैत ८ बाट सडक विस्तारको काम सुरु गरिएको थियो । नारायणगढ–बुटवल सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताए ।

‘पछिल्लो समय पूर्वी खण्डमा कल्भर्ट निर्माण, ठूला पुल निर्माण, तथा सडक किनारमा पर्खाल लगाउने काम भइरहेका छन्’, उनले भने, ‘सडक विस्तारको कामलाई तोकिएकै समयभित्र सम्पन्न गराउन हामीले निर्माण कम्पनीलाई दबाब दिँदै आएका छौं ।’

यस खण्डमा निर्माण हुने २२ साना पुलमध्ये अधिकांश पुलको निर्माण सकिएको उनले बताए । ‘ठूला पुल निर्माणको काम पनि धमाधाम भइरहेको छ, दुई पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, बाँकी पुलमा पनि काम भइरहेको हामीले पाएका छौं’, उनले भने ।

यस खण्डको कुल बजेट नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी) ले उपलब्ध गराउनेछ ।

नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७ दशमलव चार किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको चार दशमलव एक किलोमिटर उकालोमा तीनलेनको सडक विस्तार हुनेछ ।

सडक विस्तारका लागि आयोजनाको पूर्वी खण्डमा ३६ हजार दुई सय ३२ रुख काटिएका छन् ।


प्रकाशित : २०८० पुष ११, बुधबार ०९:४५

Lumbini Darpan 1

लेखकबाट थप

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा
  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल
  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ
  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार
प्रतिक्रिया

यो पनि पढौँ

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

एमालेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार कार्यशाला आज बाट सुरु

भर्खरै

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

  • आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

  • पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

  • प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

  • वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech