पुस २३
प्रकाश गौतम
परिचित बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा १२ मोहोनाजोतको आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सहकारीले १९ औ नियमित रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।

कार्यक्रमा बोल्दै परिचित बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा १२ मोहोनाजोत अध्यक्ष चित्र बहादुर बोहोराले संस्थाले सामाजिक कार्य अन्तरगत सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । तिलोत्तमा वडा न १२ का अध्यक्ष सहदेव थारुले सहकारीले रक्तदान कार्यक्रम आयोजना गरिरहनु अरुका लागी समेत सन्देश भएको बताउदै सामाजिक उत्तरदायीत्वको काम गर्न सक्ने स्पस्ट पार्नु भयो ।
रक्तदान कार्यक्रममा सहकारीका सदस्य चन्द्रकला घिमेरेले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । रक्त संञ्चार केन्द्र बुटवलकोे प्रबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको संन्चालन परिचित बचत तथा ऋण सहकारी संस्था लि.का सचिव रामु कवंरले गर्नु मभएको थियो ।




















