रुपन्देहीको तिलोत्तमामा निजी लगानीबाट ओम महिला तथा बाल अस्पताल स्थापना भएको छ । तिलोत्तमा–४ ड्राइभरटोलमा स्थापना भएको यो अस्पतालमा अधिकांश महिलाहरुको लगानी तथा सञ्चालनको सम्पूर्ण जिम्मा समेत महिलाहरुले लिएका छन् ।
सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि अस्पताल स्थापना गरिएको
र स्थानीय सरकार तिलोत्तमाबाट १५ बेडको स्वीकृति लिएको यो अस्पतालले गत जेष्ठबाट निःशुल्क सेवा र श्रावणबाट नियमित सेवा दिईरहेको बताउँदै आगामी दिनमा सय शैय्यामा बिस्तार गरिने अस्पतालको मेडिकल सुपेरिटेन्डेन डा. शर्मिला शर्माले जानकारी दिइन ।
अस्पतालमा प्रसूती सम्बन्धि सम्पूर्ण सेवा, खोप, एनआईसियू ओपिडी, २४ सैं घण्टा इमर्जेन्सी अपरेशनसेवा, २४ सै घण्टा इमर्जेन्सी, औषधि पसल, २४ सै घण्टा प्रयोगशाला सेवा, २४ सै घण्टा जनरल बेड र क्याविनहरुको सेवा सञ्चालनमा रहेको प्रवन्ध निर्देशक कमदा मल्ल हमालले जानकारी दिइन् ।
६५ जना कर्मचारीहरु कार्यरत अस्पतालमा सम्पूण प्रयोगशाला ओ टी सेट अप, एक्स–रे सेवा, अल्ट्रासाउण्ड सेवा, गाइने सेवा म्यान्टिलेटर सहितको एनआईसियू सेवासँगै ल्याप्रोस्कोपी (दुरभिनद्वारा गरिने सल्यक्रिया सेवाहरु)पनि उपलब्ध रहेको छ । अस्पतालको आइतबार औपचारिक समुद्घाटन गरिँदै छ ।