ताजा अपडेट

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

चौथो शितगंगा महोत्सवको तयारी तिब्र

विद्युत कर्मचारी थापा महाधिवेशन प्रतिनिधि बनेपछी सर्वत्र विरोध, ऐन विपरित मतदान स्थलमा

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

उद्योग बाणिज्य संघको अध्यक्षमा न्यौपानेको बलियो आधार तयार, यस्ता छन् एजेन्डा

Lumbini Darpan 2 २०८० माघ ७, आईतवार १५:३१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनका लागि विभिन्न दलबाट उम्मेद्वारहरु चर्चामा आउने र सेलाउने क्रम चलिरहदा युवा व्यवसायी मोहन न्यौपाने भने आफुलाई बलियो उम्मेद्वारको रुपमा प्रस्तुत हुनुभएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको माघ २३ मा हुने अधिबेशनमा अध्यक्षमा न्यौपानेले उम्मेद्वारी दिने घोषणा गरेसंगै दोस्रो पुस्ताका युवा व्यवसायीले पहिलो पटक नेतृत्व लिने संभावना बढेको छ ।

चुनाव भएको खण्डमा जितेर सहमति भएकोमा मिलेर नेतृत्वमा पुग्ने गरि युवा व्यवसायी मोहन न्यौपाने शसक्त रुपमा अघि बढेपछी नेतृत्व दोश्रो पुस्तालाई हस्तान्तरण हुने सम्भावना बलियो बन्दै गएको छ । सबै वडाहरुमा पुगेर हरेक मतदाताको मत बिस्लेषण पछी चुनाव भएमा फराकिलो अन्तरले जित्ने आधार सहित न्योपानेले नेतृत्व दाबी गर्नुभएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामै अध्ययन गरि स्थायी बसोबास गर्नुभएका न्यौपाने महाशक्ति एग्रो ईण्डष्ट्रिज टि.भि.एस. सोरुमा बाणगंगा अटो ट्रेडर्स सञ्चालन गर्दै आउनुभएको छ । अध्यक्ष पदका उम्मेद्वार न्यौपाने तत्कालिन कपिलवस्तु व्यापार संघको स्थापना काल वि.स.२०५८ देखि विभिन्न समिति उप– समितिमा रही काम गर्नुभएका न्यौपाने व्यवसायीहरुको लोकप्रिय मानिनुहुन्छ ।

वि.स.२०७४ सालमा छैंठौं अधिवेशनबाट उमानाथ पौडेलको नेतृत्वमा गठन भएको वाणिज्य संघमा न्यौपाने कोषाध्यक्षमा निर्वाचित हुनुभयो । आफु कोषाध्यक्ष पदमा रहदा उद्योग वाणिज्य संघको ४ तले भवन निर्माणमा महत्वपुर्ण योगदान गर्नुभएका न्यौपानेले अर्को समितिलाई पद हस्तान्त्रण गर्दा लाखौ बैंक मौज्दात अर्को समितिलाई हस्तान्त्रण गर्न सफल हुनुभएको थियो ।

त्यस्तै कोषाध्यक्ष पदमै रहदा वाणिज्य संघका पदाधिकारी तथा सदस्यलाई चाईना एक्स्पोमा भ्रमण गराउनुभएको थियो भने सबैको सहमतिमा कार्यतालिका निर्माण गरि उल्लेखित कार्यतालिका अनुसार वाणिज्य संघको कार्य अगाडि बढाउने सुरुवात गर्नुका साथै अक्षय कोष स्थापनामा न्यौपानेले महत्वपुर्ण योगदान गर्नुभएको थियो ।

त्यस्तै अघिल्लो कार्यकाल कोषाध्यक्ष पदमा रहनुभएका न्यौपाने सातौं अधिवेशनबाट दोलखराम घिमिरेको नेतृत्वमा गठन भएको समितिमा पदमोह छाडेर लेखा समिति संयोजकको जिम्मेवारी कुशलता पुर्वक पुरा गर्नुभएका न्यौपाने पश्चिमाञ्चल वस व्यवसायी समितिको सल्लाहकार बनी सक्नुभएको छ । न्यौपानले निर्वाचनमा व्यवसायीहरुले रुचाएका नेतृत्व गर्न सक्ने आवश्यक वौद्धिक र शैक्षिक व्यक्तिहरुसंग समन्वय गरि अबको केहि दिनमै प्यानल नै घोषणा गरि सार्वजनिक गर्ने बताउनुभएको छ ।

यस्ता छन् अध्यक्ष पदका उम्मेद्वार न्यौपानेका एजेन्डा
यसरी सुरुवात देखि कुनै पनि विवादमा नआएका न्यौपाने अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरिरहदा नेतृत्वमा गएसंगै उहाँले विभिन्न एजेण्डा अगाडि सार्नुभएको छ । आर्थिक पारदर्शितामा अब्बल कुरा कम काम बढी गर्ने युवा मोहन न्यौपानेले सु–शासन, पारदर्शिता, राहत कोष तथा विमा स्थापना, औद्योगिक कोरिडोरको स्थापना, व्यवसायी र वित्तिय संघ संस्थासंग केन्द्रमा समन्वय गर्ने, पर्यटनलाई व्यवसायसंग जोड्ने जस्ता महत्वपुर्ण एजेन्डा प्रस्तुत गरिरहदा व्यवसायीहरु उत्साहित बनेका छन् ।

न्यौपानेको उम्मेद्वारीले अन्य दल अलमलमा
न्यौपाने नेकपा (एमाले) समर्थित तर उद्योगी व्यवसायीका हक हितका लागि राजनीतिक स्वार्थ नराख्ने कारणले अध्यक्षका आकांक्षीहरुको नाम बाहिर आउँदै गर्दा भएका छलफल र विश्लेषणबाट न्यौपाने अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको हो । एमाले समर्थित गुणानिधि भुसालले आफू ब्याक भएर न्यौपानेलाइ अघि सारेपछी एमाले बृतका एकमात्र उमेदवार बन्नु नै उनको पहिलो जित हो ।

न्यौपानको पक्षमा अधिकांस पूर्वअध्यक्षहरु सकारात्मक रहेको पुर्ब अध्यक्ष उमानाथ पौडेलको भनाइ छ । व्यवसायीक र सामाजिक संस्थामा युवालाइ नदिने भन्न मिल्दैन भन्दै न्यौपानेलाई साझा उम्मेदवारको रुपमा आफु हरुले अगाडि सारेको बताउँनु भयो ।
आफ्नो पक्षमा सहमति नभए चुनावबाट पनि पछि नहट्ने न्यौपानेको योजना छ ।

एमाले काँग्रेस, माओवादी रास्वपा निकटका सबै व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको न्यौपानेको दावी छ । संघमा लामो समय नयाँ र युवा पुस्ताको नेतृत्व नरहेको भन्दै युवा जोश, जाँगर भएको आउनुपर्ने न्यौपानेको भनाई छ ।

यता नेपाली कांग्रेसबाट पुराना व्यवसायी पार्टीमा राम्रो छवि बनाएका रुक बहादुर भुसालले अध्यक्ष पदमा उम्मेद्वार दिने भनी चर्चामा आई पछि हटेपछि कांग्रे सले उम्मेद्वार खोजिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मण कंडेल अध्यक्षको उम्मेद्वार भनिए पनि उनको अझै टुंगो नभएको बताईएको छ ।

यता माओवादी निकट टोपनारायण बेल्बासेले सहमतिमा पाए नेतृत्व लिने धारण अघि सार्नु भएको छ भने स्वतन्त्रबाट ओल्र्ड कक रेष्टुरेण्टका सञ्चालक रमेश चन्द्र भुसालले पनि पत्रकार सम्मेलन गरि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । उहाँले कुनै पनि राजनीतिक लेपनमा नपरि सबै उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिएको बताउनुभयो ।

 


प्रकाशित : २०८० माघ ७, आईतवार १५:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

चौथो शितगंगा महोत्सवको तयारी तिब्र

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

भर्खरै

  • फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र

  • विद्युत कर्मचारी थापा महाधिवेशन प्रतिनिधि बनेपछी सर्वत्र विरोध, ऐन विपरित मतदान स्थलमा

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech