विद्युत् प्राधिकरणको कर्मचारी रुपन्देहीबाट एमालेको महाअधिवेशन प्रतिनिधि भएको खुलेको छ ।नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरकी कर्मचारी नेकपा एमालेको ११ औँ महाधिवेशन प्रतिनिधि –मतदाता) बनेको खुलेको हो ।प्राधिकरण बुटवलकी वरिष्ठ सहायक सिनियर मिटर रिडर कल्पना थापा कर्मचारी सेवा सर्त नियमित विपरीत पार्टीको प्रतिनिधि बनेर बुटवलकाबाट काठमाडौँ पुगेकी छन् ।महाधिवेशनको उद्घाटन समारोहमा थापा पुगेको तस्बिर सामाजिक सञ्जालमा आएपछि सर्वत्र विरोध भएको छ ।

प्राधिकरणको वितरण केन्द्रका प्रमुख हरि पाण्डेले थापालाई प्रतिनिधि बनेर पार्टीको कार्यक्रमका पुगेको आफूले थाहा पाएको बताए । उनले भने, “कुनै पनि कर्मचारी दलको सक्रिय हुन पाइन्न अब हामीले उहाँलाई स्पष्टीकरण सोध्ने छौँ ।” थनपा ३ दिनको बिदा लिएर काठमाडौँ पुगेकी छन् ।विनियम वलीको परिच्छेद १३ को नियम १३० मा कुनै पनि कर्मचारीले राजनीतिक दलको सदस्यता लिनु नहुने, राजनीतिक दलहरूले सञ्चालन गरेको राजनैतिक क्रियाकलापमा सहभागी बन्न नहुने र निर्वाचनमा भाग लिन नहुने स्पष्ट उल्लेख छ ।यस्तै कर्मचारीले कुनै पनि राजनैतिक पदको लागि हुने निर्वाचनमा भाग लिन र कसैको निमित्त मत माग्न वा कुनै प्रकारबाट प्रभाव पर्ने गरी राजनीतिक प्रचार प्रसार गर्नु गराउन नपाइने उल्लेख छ । थापा नेकपा एमाले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धा गरेर महिलातर्फ निर्वाचित भएकी थिइन् । उनी वार्ड नम्बर ७ निवासी हुन् ।




















