मोहन बेल्वासे
व्यापारिक हित र संस्थागत प्रगतिमा राजनैतिक दलको चासो नहुने तर अधिवेशन ताका निकै राजनितिक हस्तक्षेप व्यहोर्ने संस्था मध्येको एक हो कपिलवस्तु उद्योग वाणिज्य कपिलवस्तु आसन्न निर्वाचनलाई लिएर विभिन्न चर्चा परिचर्चा यतिवेला चलिरहेको छ ।
यस अगाडी उद्योग बाणिज्य संघको अध्यक्षमा वडा नं ८ का नि वर्तमान वडाध्यक्ष तथा उद्योग बाणिज्य संघ कपिलवस्तुका पुर्व वरिष्ठ उपाध्यक्ष तथा कानुनी सल्लाहकार गुणनिधि भुषालको उमेद्वारी चर्चाले निकै चर्चा बटुल्यो । त्यो चर्चा पुन रुक बहादुर भुषालको उमेद्वारी संगै सुस्तायो ।
रुक बहादुर भुषाल र गुणनिधि भुषाल व्यवसायी पार्टनर र रुक बहादुर कुनै हालतमा अध्यक्ष पदमा चुनावै लड्न परेपनी नछाड्ने अडान राखेका कारण गुणानीधि चुनावी मैदानबाट व्याक भए पछी रुक बहादुर पनी अध्यक्षको दौडबाट पछी हटे अहिले नेपाली कांग्रेस निकट व्यवसायीबाट बाणगंगा नगरपालिका वडा नं ४ का नि वर्तमान अध्यक्ष गणेश क्षेत्री , नेकपा एमालेबाट पूर्वकोषाध्यक्ष तथा हालका लेखा समिति संयोजक मोहन न्यौपाने र आफुलाई स्वतन्त्र उमेद्वार बताउदै रमेश भुषाल आकांक्षी देखिएका छन् ।
यस अगाडीका उमेदवारका आकांक्षीहरु सर्वसहमती खोज्दै एक पछी अर्को चुनाव नलड्ने मनस्थितीमा पुगेपछी पार्टी पंङ्तीबाट क्षेत्री र न्यौपानेको नाम अगाडी आएको हो ।
१४ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनबाट २०७७ माघमा डोलकराम घिमिरे अध्यक्ष चयन भएका थिए । उनको ३ वर्षे कार्यकाल अब सकिँदै छ । तोकिएकै मितिमा भए संघको १५ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशन आसन्न माघ २३ गते हुने छ ।
संघको अधिवेशन मिति नजिकिँदै गर्दा अबको नेतृत्व कसको हुने भन्नेबारे चर्चा भइरहेको छ । यिमध्ये अन्तिमसम्म कोको रहन्छन् भन्ने कुरा अझै एकीन छैन् ।
यो बीचमा अहिले मिडियामा चर्चामा नआएका अध्यक्षका आकांक्षी छन् गल्ला तथा हार्डवेयर व्यवसायी टोपनारायण बेल्बासे , उद्योग ब्यापार महासङ्घका केन्द्रिय सदस्यसमेत रहेका बेल्बासे यसअघि कपिलवस्तु उद्योग वाणिज्य सङ्घमा लामो समय काम गरिसकेका व्यक्ति हुन् । उनै बेल्बासेले आफूमा सर्वसम्मति भए संघको नेतृत्व लिन तयार रहेको बताएका छन् । बेल्बासे भन्छन् ‘सबैको साथ रहेमा उद्योग वाणिज्य संघको नेतृत्व लिन तयार छु । सबै व्यापारी, व्यवसायीको चाहना एक पटक बेलबासे नेतृत्वमा पुगोस् भन्ने रहेको मैले पाएको छु । मलाई काँग्रेस, एमाले, माओवादी, स्वतन्त्र लगायतबाट पनि समर्थन र सहयोग रहन्छ जस्तो लाग्छ । सङ्घमा चुनाव नगराएर सर्वसम्मति हुन्छ भने अर्को कमब्याक हुन तयार छु ।’
तर अधिकांश व्यवसायीको इच्छा उद्योग बाणिज्य संघमा अहिलेको समयमा व्यवसायीहरु संकटमा रहेको र राजनैतिक हस्तक्षेपकै कारण उद्योगी, व्यापारीहरु उद्योग बाणिज्य संघ र व्यापार संघमा विभाजन भैरहेको बेला बेल्वासेलाई सर्वसहमती अध्यक्ष दिएमा संस्था मजबुद र एक ढिक्का हुने बताउदै आएका छन् । त्यसो त यस अगाडी उमेद्वारी घोषणा गरेर सर्वसहमतीकै लागी पछाडी हटेको बताउने गुणानिधि भुषाल , टोप नारायण बेल्वासे, गणेश क्षेत्री मध्ये यी तिनै जना संस्थागत योगदानका हिसावले महत्वपुणर् व्यक्तित्व रहेको ले पनी यी व्यक्तित्वहरुलाई चुनाव नलडाएर जो भएपनी सर्वसहमत नेतृत्व दिनुपर्ने व्यक्ति भएको पुर्व अध्यक्षहरुको तर्क छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघ ८ औं अधिवेशनको सङ्घारमा छ । २०५८ सालमा स्थापना भएको साविकको उद्योग व्यापार संघ २०७० सालमा कपिलवस्तु उद्योग वाणिज्य संघ बन्न पुग्यो । २२ वर्षको अवधि सम्म ८ वटा अध्यक्षले संस्था हाँक्न सफल भए । यद्यपि कतिपय अध्यक्ष सर्वसम्मत वाट चुनियो त कतिपय निर्वाचन बाट आए । निर्वाचनबाट आउने र सर्वसम्मत बाट आउनेको काम गर्ने शैली नै फरक भएको व्यवसायीहरूको भनाई छ ।
निर्वाचनबाट संघको नेतृत्व आउँदा अत्याधिक राजनीतिक किचलो छ । हाल सम्म उद्योग वाणिज्य सङ्घमा तिन वटा अध्यक्ष सर्वसम्मत नेत्रृत्वमा आए । जसमा २०५८ देखी २०६२ साल सम्म स्व. रघु पाठक, २०६२ देखि ०६४ सम्म स्व.राजेन्द्र पौडेलले संस्थाको नेतृत्व लिए । यि दुई अध्यक्षले नेतृत्व गर्दा सङ्घमा राजनीतिक गन्ध नभएको पुराना व्यवसायीको भनाई छ । त्यस्तै ०६४ देखि ०६६ सम्म स्व. शंकर आचार्य निर्वाचन बाट अध्यक्ष बने ।
यस्तै ०६६ देखि ०६८ सम्म विष्णु न्यौपाने निर्वाचन बाट अध्यक्ष बने । त्यतिबेला पनि उनी कांग्रेसको उम्मेद्वार भएर निर्वाचित भए । संस्थामा दिन प्रतिदिन राजनीतिक प्रवृत्तिहरू बढ्दै गए । संस्थामा आवद्ध व्यवसायीमा निराशा पैदा भयो । संस्था त्यसरी नै चल्दै गयो । ०६८ देखि ०७० सम्म देवी पाण्डे निर्वाचन बाट अध्यक्ष बने । त्यतिबेला उनी नेकपा एमालेका उम्मेद्वार भएर निर्वाचित भए । संस्थाका हरेक गतिविधिमा कांग्रेस र एमालेको कित्ता छुट्टिन थाल्यो । व्यवसायीहरू विचलित हुने अवस्था आयो । यद्यपि लगत्तै २०७० सालमा उद्योग व्यापार सघबाट कपिलवस्तु उद्योग वाणिज्य संघ बन्यो ।
कपिलवस्तु उद्योग वाणिज्य संघ बने लगत्तै व्यवसायीहरू पुन सङ्गठित हुन थाले । थप एक वर्ष सम्म संघको तदर्थ समितिको अध्यक्ष बनेर पाण्डेले संस्थालाई अगाडि बढाए । त्यसपछि ०७१ मा उद्योग वाणिज्य संघको निर्वाचन भयो । निर्वाचनमा यज्ञ प्रसाद भट्टराई निर्वाचित भए । उनी कांग्रेसको उम्मेद्वार बनेर निर्वाचित भएका थिए ।
२०७४ सालमा संस्थाको अधिवेशन भयो, उमानाथ पौडेल सर्वसम्मत अध्यक्ष बने । उनको काम गर्ने शैली नै फरक थियो । उनकै पालामा संस्थाको भवन उभियो । व्यापारी, राजनैतिक दल संघ संस्था मात्र होईन संचारकर्मीको पनी दरिलो साथ रह्यो । कोरोना महामारीमा आक्रान्त समाजमा उनी अग्र पंक्तिमा रहेर स्थानिय निकायलाई समेत समेटेर अभियान चलाए । कोरोना संग जुद्धै उनी व्यवसायीहरूलाई हौसला प्रदान गर्न दिनरात खटिरहे । उनी कहिले किसानका समस्या सँग जुध्न खेतबारीमै पुगे ।
२०७७ सालमा अधिवेशन भयो निर्वाचन हुने स्थिति आयो । निर्वाचन बाट डोलकराम घिमिरे अध्यक्ष बने । उनी पनि नेपाली कांग्रेसबाट उम्मेद्वार भएर निर्वाचित भए । संस्थामा राजनीतिक स्थापित जस्तै भयो ।
यस्तै माघ २३ गते कपिलवस्तु उद्योग वाणिज्य संघको अधिवेशनको तयारी छ । विभिन्न राजनीतिक दलका नेताहरूले धमाधम उम्मेद्वारी घोषणा हुदैछ ।
अवको नेतृत्व संगै संस्थागत हित र विभाजित व्यावसायीलाई एकढिक्का पर्न अवको नेतृत्वलाई चुनौति छ । जसका लागि संक्षम नेतृत्व आवश्यक छ । राजनैतिक जुङ्गे लडाई र हट त्यागेर सर्वसहमत नेतृत्वका लागि पुर्व अध्यक्षहरुको सहयोग तथा अर्जुन दृष्टी महत्वपुणर् हुन्छ । संस्थागत हतका लागि सफल नेतृत्व चयन होस शुभकामना ।




















