लुदस,जितपुर
पछिल्लो समय मिडियालाई दुरुपयोग गर्दै तथ्यहिन भ्रामक समाचार लेख्ने पत्रकार चन्द्रकान्त न्यौपाने का समाचारमा नेपाल पत्रकार महासंघ कपिलवस्तुको ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ ।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तु जिल्ला शाखाको प्राविधिक सहयोगमा बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रमको विषयमा अपिटाईम्स अनलाइनमा माघ २३ गते प्रकाशन भएको ‘बाणगंगाको सार्वजनिक सुनुवाइ ः कसरी भयो डेढ लाख खर्च ?’ भन्ने समाचारमा अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेले पत्रकार महासङ्घको बदनाम गराउने गरी मिथ्या समाचार प्रकाशन गरिएको हुदा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कपिलवस्तुको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचार तथ्यमा आधारित नभएको र महासङ्घ र महासङ्घको समितिको बदनाम गराउने उद्देश्यले अतिरञ्जक गरिएको हाम्रो ठहर रहेको छ । समाचारमा ७० जना उपस्थिति रहेको, फर्जी विल बनाएर रकम झ्वाम्म पार्ने जस्ता निराधार आरोप लगाइएको छ । शाखाको साधारण सदस्य भएर पनि संस्थाको मर्यादा, विधान तथा पत्रकार आचार संहिता विपरीत पटक पटक समाचार प्रकाशन भएको देखिएको छ ।
प्रकाशन भएका समाचारमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार समाचारमा सत्य तथ्य, सन्तुलित सूचना प्रयोग नभएको , पेसागत मर्यादा तथा व्यवहार कायम नभएको, मनगढन्ते विचार प्रकट भएको देखिएकोले यस्ता घटना नदोहोराउनका लागि ध्यानाकर्षण गरिएको छ । साथै आचारसंहिता विपरीत कार्य गरेकोले नेपाल पत्रकार महासङ्घ विधान २०६० -पांचौ संशोधन २०७५) अनुसार कारबाही गर्न केन्द्रीय कार्यालयमा सिफारिस गरिने छ । जिल्लाका सार्वजनिक सुनुवाईहरुको एकद्धार प्रणाली मार्फत महासंघले सहजीकरण गर्दै आएको र बाणगंगा को हकमा सवै रेडियो पत्रपत्रिका, बाणगंगा नगरपालिका , विभिन्न सामाजिक संन्जालबाट समेत सुचना जारी गरि महासंघ ले प्राविधिक सहयोग गरि आयोजना गरेको विषयमा निराधार समाचार लेखेको महासंघको ठहर छ ।