
लुम्बिनी प्रदेशकी सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले योग विज्ञान जीवनोपयोगी भएकाले हरेक नागरिकले योग गर्नुपर्ने बताएकी छन् । योग समिति नेपालको साधारणसभा एवम् तेस्रो अधिवेशनको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री नमुनाले अस्वस्थकर जीवनशैली बढ्दै गएको सन्दर्भमा हरेक नागरिकलाई योगमा जोड्न जरुरी रहेको बताइन् ।
स्वस्थ नागरिक उत्पादन गर्नु पनि विकासको अवधारणाभित्र पर्ने बताउँदै मन्त्री केसीले योग विज्ञानलाई सदुपयोगको लागि सरकार गम्भीर हुन जरुरी रहेको महसुस भईरहेको र ’ योग विज्ञान मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण भएको बताउँदै उनले स्वस्थ मनस्थिति, स्वस्थ विचार र शारीरिक तन्दुरुस्तीले मात्र सार्थक र सुन्दर जीवन बाँच्न सकिने उल्लेख गरिन् ।
बाँकेका प्रत्येक पालिकामा योग समितिलाई क्रियाशिल र ब्यवस्थित बनाउन सुझाव दिँदै मन्त्री केसीले नेपालगञ्जमा अब हजारौं नागरिकले एकसाथ योग गर्न मिल्ने भवनको योजना सहित प्रस्ताव लिएर आउन आग्रह गरिन् ।मन्त्री केसीले भनिन् ‘तपाईहरु यसको योजना सहित प्रस्ताव लिएर आउनुस म विधी र प्रक्रिया अनुसार मन्त्रालयको तर्फबाट सहयोगको लागि तयार छु । स्वस्थ भएमात्र मानव क्रियाकलाप सही ढंगले अगाडि बढ्ने मन्त्री नमुनाको भनाई छ ।

