ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अर्घाखाँचीको शितगंगामा चुरे दोहन: जनप्रतिनिधि, कर्मचारी र ठेकेदारको मिलेमतो

Lumbini Darpan 2 २०८० फाल्गुन ७, सोमबार १९:५७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
अर्घाखाँचीको शितगंगा नगरपालिका को २०८० मंसिर २९ गतेको नगरकार्यपालिका बैठकले विभिन्न स्थानका खेतीयोग्य जमिनमा गह्रा सुधार गर्न स्थानीय जग्गाधनीलाई अनुमति दियो । यस्तो अनुमति लगत्तै ती स्थानमा ढुंगा कारोवारीले डोजर र स्काभेटरहरू चलाउन थाले । यसैबाट प्रस्ट भयो, जग्गाधनी कृषकको स्वार्थमा भन्दा ढुंगाको कारोवारीको स्वार्थमा पालिकाले यस्तो निर्णय लिएको थियो ।

जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा चुरे क्षेत्रबाट ढुंगा र माटो उत्खनन गर्न अघिल्लो वर्ष पनि नगरपालिकाको मिलेमत्तोमा वडा नं १२ र १३ का यसै क्षेत्र र कपिलवस्तु, अर्घाखाँची सीमा क्षेत्रमा रहेका भङ्खला, शितगंगा १३ मुसियान क्षेत्रबाट सोझा किसानलाई ठुलो खेत सम्याईदिने प्रलोभन पारेर ठेकेदारहरुले चुरेक्षेत्रमा रजाँई गरेका हुन् ।

जस अनुसार यसवर्ष पनी तराईका जिल्लाहरुबाट जोडिएको स्थान चुरे क्षेत्रमा पर्ने वडा नं १२, १३ र १४ मा चुरे दोहनको अनुमती दिएको पाईएको हो । मुसिवान खोला किनारका विभिन्न क्षेत्रमा गह्रा सुधारका लागि अनुमति दिएको थियो । चुरे र जंगल नजिक धमाधम ढुंगा उत्खनन भएको स्थानीयले बताए ।

शितगंगा नगरपालिकाले गह्रा सम्याउने अनुमति दिएका स्थान खोलाको नजिक, चुरे क्षेत्र, वनजंगलको नजिक भएको ती स्थानमा व्यावसायिक रूपमै उत्खनन् भइरहेको भेटियो । मुसिवान खोलाको किनार र चुरे क्षेत्रमै जथाभावी मोटरबाटो देखि अन्य स्थानमा सय मिटर नजिकमै उत्खनन् भएको पाइएको छ ।

अनुमति लिएकाहरूले भने ढुंगा बिक्रीका लागि नै भएको बताएका छन् । नगरपालिकाबाट गह्रा सम्याउन अनुमति लिएका शितगंगा वडा १३ निवासी बाबुराम वि.सी, हर्ष बहादुर वि.सी लगाएतले गह्रा सुधार गरेर साना खेतमा खेती योग्य बनाउन आफुहरु संग रकम नभएको र नगरपालिकामा निवेदन दिएर सम्याउन यसो गरेको बताए ।

पालिकाले यस्तो अनुमति दिए पनि राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले भने चुरे क्षेत्र भित्र पर्ने कुनै पनि स्थानमा गह्रा सुधारका लागि अनुमति दिएको छैन । ‘२०७७ सालमा निर्देशिका आइसकेपछि हामीले मुलुकभरका कुनै पनि स्थानीय तहलाई चुरे क्षेत्रमा ढुंगा, माटो, गह्रा सम्याउन अनुमति दिएका छैनौं,’ समितिका योजना अधिकृत तथा सूचना अधिकारी शंकर कुमार गिरीले भने ।

शितगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अर्जुन शर्माले कित्ता नम्बर, क्षेत्रफलसहितको लालपुर्जा, तिरो तिरेको रसिद, नक्सा र वडाको सिफारिस पेस गरेपछि स्थानीयको नाममा गह्रा सुधारका लागि गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेर अनुमति दिएको बताए । उनले प्रदेश सरकारको आर्थिक ऐन २०८० ले दिईएको अधिकार भित्र रहि नगर कार्यपालिकाको बैठकले निर्णय गरि उत्खनन् गर्न अनुमती दिईएको बताए । उनले प्रदेश सरकारलाई ४० प्रतिशत र नगरपालिकालाई ६० प्रतिशत राजश्व बुझाई मेशिन प्रयोग गरि उत्खनन गर्न अनुमती दिएको जानकारी दिए । उनले यस्तो अनुमति दिने क्रममा प्रारम्भिक वातावरणीय परीक्षण भने नगरिएको स्विकारे । २० रोपनी भन्दा माथीको मात्र वातावरणीय प्रभाव मुल्याङ्गन गर्न नपर्ने बताउँछन् ।

वातावरणविद् तथा अधिवक्ता महेन्द्रप्रसाद पाण्डेयले गह्रा सुधार गर्न अनुमति लिए पनि यसको प्रयोजन अर्कै भएको बताए । साँच्चिकै गह्रा सुधार गर्ने र खेतीयोग्य बनाउने कुरामा कसैको विरोध नरहने बताउँदै भने, ‘भन्ने एकातिर र गर्ने अर्कोतिर भएकाले नै आशंका उब्जिएको हो ।’

शितगंगा नगरपालिकाले राजनीतिक नेतृत्व, पहुँचवाला, ढुंगा–गिट्टीको काम गर्ने ठेकेदारसँग ‘लाइन’ मिलाएर अनुमति दिने गरेको छ । यसमा राजनीतिक दलका नेताहरू समेत संलग्न छन् । ‘अनुमतिका लागि राजनीतिक नेतृत्व, पहुँचवाला लगायतबाट पटक–पटक दबाब आउने गरेको छ,’ पालिकाका एक कर्मचारीले भने, ‘ढुंगा, माटो रसिद नकाटी लैजान खोज्दा प्रहरी र पालिका कर्मचारीले पक्राउ गर्दासमेत माथिल्लो राजनीतिक नेतृत्वबाट समेत छाड्न दबाब आउने गर्छ ।’ उनले भने, नगरपालिकालाई राजस्व बढाउन पनि सहयोग पुगेको छ ।’
अघिल्लो वर्ष टिपर र टेक्टर जरिवानाबाट प्राकृतिक स्रोत साधन बिक्रीबाट आन्तरिक राजस्व वृद्धि भएको उनको दाबी छ । गह्रा सम्याउन तीनदेखि पाँच मिटरसम्म उत्खनन भएको छ । खोला र जंगलको नजिकै त्यस्ता काम भएका छन् । जहाँ खेतीयोग्य जमिन नै छैन । यहाँ त कम्तीमा तीनदेखि पाँच मिटरसम्म उत्खनन भएको देखियो ।’ उत्खनन गर्ने स्थल खोलाकै छेउ र चुरे क्षेत्रमै पर्दछ ।

चुरेको सहमति बिना शितगंगा नगरपालिकाको अनुमति
चुरे र त्यसको जलाधार क्षेत्रमा अनुगमन गर्ने जिल्ला अनुगमन समिति चार वर्षदेखि निष्क्रिय छ । यस्तो निष्क्रियताको फाइदा स्थानीय तहलाई प्रभावमा लिएर व्यापारीहरूले उठाइरहेका छन् । चुरे क्षेत्रको मापदण्ड पूरा गरेको छ÷छैन, पालिका यसको जवाफदेही हुनुपर्छ ।’
नगरपालिकाले वातावरणीय प्रभावको कुनै पनि मूल्यांकन नगरी ढुंगा निकाल्न दिएको देखिन्छ । ‘संघीय र प्रदेश कानुनविपरीत स्थानीय सरकारले कार्यविधि बनाएर निकाल्न पाउने अधिकार छैन,’ राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका भूगर्भविद् प्रेम पौडेलले भने, ‘संरक्षित क्षेत्रमा संघीय सरकारको कानुनविपरीत निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई छैन ।’
वातावरण संरक्षण ऐन, २०५३, नियमावली, २०५४ को दफा (१०) ले दिएको अधिकार प्रयोग गरी चुरेलाई संरक्षण क्षेत्र घोषणा गरिए पनि स्थानीय तहले अटेरी गर्दै यहाँबाट दोहन गर्न अनुमति पाईएको हो ।

निर्देशिकालाई लत्याएर अनुमति
सरकारको ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ निर्देशिका अनुसार उत्खनन वा संकलनका लागि क्षेत्र निर्धारण गरेको छ । नदीजन्य पदार्थको उत्खनन तथा संकलन गर्ने गरी स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेका स्थान तथा क्षेत्रहरूबाट निकाल्न पाउने व्यवस्था छ ।

यो मापदण्डमा नदी, खोला, खहरेमा बाढी पहिरोका कारणले ढुंगा, गिटी, माटोजन्य पदार्थ थुप्रिन गई सोको कारणले बस्ती तथा भौतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुन सक्ने अवस्था सिर्जना भएका क्षेत्रमा अलग निर्णय लिन सकिने प्रावधान छ । त्यस्ता क्षेत्रमा प्राविधिक टोलीको सिफारिसका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा त्यस्ता पदार्थ हटाउनुपर्ने भनी विस्तृत विवरण तथा सीमांकन तोकेका स्थलबाट माात्र निकाल्न पाउने व्यवस्था छ ।

निर्देशिकाको दफा ६ ले वन तथा चुरे क्षेत्रसम्बन्धी व्यवस्थाअन्तर्गत भने वन तथा चुरे क्षेत्रबाट सामान्यतया ढुंगा, गिटी, बालुवा उत्खनन गरिने छैन भनिएको छ । चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवाको उत्खनन गर्ने सम्बन्धमा राष्ट्रपति चुरे तराई मधेस संक्षण विकास समितिको सहमति तथा स्वीकृत मापदण्डका आधारमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाले प्रचलित कानून तथा मापदण्डबमोजिम ठेक्का बन्दोवस्ती गर्ने अधिकार दिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आवश्यकता अनुसार बस्छ । ढुंगा, गिटी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७ ले उत्खनन र संकलनको परिमाण नियन्त्रण गर्दा नापजाँच, रेखांकनका आधारमा उत्खनन वा संकलनको क्षेत्र निर्धारण गरी लाइन लेभल दिनुपर्छ ।

समितिको निष्क्रियता
ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को निर्देशिकाको दफा ९ ले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी नौ सदस्यीय समिति रहने व्यवस्था गरेको छ । त्यसमा समितिले आवश्यकता अनुसार अन्य सम्बन्धित क्षेत्रका विज्ञ वा पदाधिकारीलाई समेत बैठकमा आमन्त्रण गर्ने व्यवस्था छ ।

यो समितिले वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको पालना, उत्खनन र संकलनका लागि स्वीकृत विधि, प्रक्रिया, परिणामको व्यवस्थाको पालना, राजस्व चुहावट तथा चोरी निकासी भएमा कारबाहीका लागि लेखी पठाउन सक्ने अधिकार छ ।

निर्देशिकाको दफा १७ ले संकलन, उत्खनन वा ढुवानीकर्ताले संकलन गर्ने स्थानको लम्बाइ, चौडाइ, गहिराइसहितको चारकिल्ला, उत्खनन गर्ने अवधि, समय, प्रयोग गरिने साधन र गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर लगायत विवरण खुल्ने सूचना पार्टी राख्नुपर्ने हुन्छ । तर, कुनै पनि स्थानमा यसरी राखिएको छैन । निकासी गर्दा पनि एक तह प्रशोधन गर्नुपर्ने व्यवस्था छ ।
चुरे क्षेत्रमा लामो समयदेखि सरकारको निर्देशनमा राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नदीजन्य पदार्थ गिट्टी, ढुंगा तथा बालुवा निकासीमा रोक लगाएको छ ।

यस विषयमा अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लामा विपत व्यवस्थापन समितिको निर्णय र प्रारम्भिक वातावरणीय मुल्याङ्गन विना अवैधानिक तवरले काम गर्ने जो कोहीलाई पनी रोक लगाउने बताए । यस विषयमा आफुहरुले थप बुझने उनले बताए । जे होस चुरेको माटो कमलो, खुकुलो र संम्वेदनशिल हुने हुदाँ यसमा ठुलो विनास हुनबाट सवैले जोगाउन जरुरी छ ।


प्रकाशित : २०८० फाल्गुन ७, सोमबार १९:५७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech