बालज्योति बोर्डिङ्ग स्कुलद्धारा ‘बालज्ञान–दिपिका’ पुस्तक विमोचन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ गजेहडा स्थित बालज्योति ईङ्गलीश बोर्डिङ्ग स्कुलले साहित्यकार ऋषिकेशव भारद्धाजले लेखेको ‘बालज्ञान−दिपिका’ पुस्तक विमोचन गरेको छ । एक विशेष कार्यक्रमका बीच उक्त पुस्तकको विमोचन गरिएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ चप्परगाउँ स्थायी ठेगाना भएका साहित्यकार भारद्धाजको वास्तविक नाम ऋषिराम कँडेल हो । यस पुस्तकको प्रकाशकको रुपमा बालज्योति ईङ्गलिस बोर्डिङ स्कुल गजेहडा रहेको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले अहिलेको विज्ञान र प्रविधिको युगमा साहित्यिक पुस्तकहरु पढ्नेहरुको संख्या क्रमश घढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख अर्यालले एउटा मोबाईलमै सयौंको संख्यमा साहित्यका पुस्तकहरु अटाउने भए पनि साहित्यिक रचनाहरु नपढेर विभिन्न मरोञ्जन, समाचार, राजनितिक विषयलाई मात्रै पढ्ने प्रवृति रहेको उहाँको भनाई छ ।

No description available.

पहिले किनेरै पुस्तकहरु पढ्ने प्रचलन रहेको बताउँदै उनले भने, ‘मैले कक्षा १० सम्म आईपुग्दाँ दर्जनौं साहित्यिक पुस्तकहरु पढिसकेको थिए ।’ उहाँले साहित्य पढ्दाँ व्यक्तिमा विवेक भरिएर आउँने बताउँदै विवेक नभएको मानिस निरास र रुखो हुने बताउनुभयो । त्यस्ता व्यक्तिहरु समाजमा घुलमिल हुन नसकेर टाढा हुने उहाँको भनाई छ । उहाँले युवा, किशोरकिशोरीहरुमा साहित्य पढ्ने बानीको विकास हुन आवश्यक रहेको बताउनुभयो । उहाँले साहित्यिक व्यक्तित्वहरुको जमघट गराउने सोच आफु पहिले उपप्रमुख हुँदादेखि नै बनाएको स्मरण गर्नुभयो । त्यसले आउँदा पुस्ताहरुलाई साहित्यलाई आत्मसाथ गरेर निरन्तरता दिन मद्दत पुग्ने उहाँको विश्वास छ । सोही अनुरुप बाणगंगा प्रज्ञा प्रतिष्ठान र बाणगंगा प्रशिक्षण प्रतिष्ठान गठनलाई आफुले निति तथा कार्यक्रममै समावेश गरेर अघि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘बाणगंगा प्रज्ञा प्रतिष्ठानको ऐन र कार्यविधि समेत निर्माण गरेका छौं । यो गठनको प्रक्रियामा छ । जसका लागी साहित्यिक व्यक्तित्वहरुसंग निरन्तर छलफल गरिरहेका छौं ।’ उहाँले सो क्रममा साहित्यकार ऋषिकेशव भारद्धाजसंग पनि पटकपटक छलफल गरेको बताउनुभयो । उहाँले यस क्षेत्रको कला, साहित्य, भाषा र सिर्जनालाई बाणगंगा प्रज्ञा प्रतिष्ठानको माध्यमबाट उजागर गर्ने आफुहरुको सोच रहेको बताउनुभयो ।

नवकपिलवस्तु साहित्य समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका वरिष्ठ साहित्यकार हरिराज शर्माले पछिल्लो समय नेपालमा साहित्यलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विदेशमा साहित्य र संस्कृतलाई विशेष महत्व दिने गरेको भए पनि नेपालमा महत्व नदिएको उहाँको भनाई छ । उहाँले सम्पुर्ण विद्यालयहरुले यस पुस्तकलाई स्कीकार गरेर साना कक्षाहरुमा लागु गर्दा निकै उपयोगी हुने बताउनुभयो । उनले संस्कृत जानेको विधार्थीलाई अन्य भाषा अध्ययन गर्न खासै समस्या नहुने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले यस पुस्तकलाई बाणगंगासहित कपिलवस्तुका अन्य पालिकाका विभिन्न विद्यालयमा कार्यान्वयन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विमोचित पुस्तक बालबालिकाहरुका लागी निकै उपयोगी भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

No description available.

बालज्योति ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल सर्बेन्द्र देव खनालले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै ज्ञानको भण्डार भएको पुस्तक विद्यालयलले विमोचन तथा प्रकाशन गर्न पाउँदा गर्वको महशुस भएको बताउनुभयो ।

No description available.
पुस्तकका ब्याख्यता समेत रहेका साहित्यकार हेमराज शर्माले ‘बालज्ञान दिपिका’ को बारेमा प्रकाश पार्नुभएको थियो । बालज्योति ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल सर्बेन्द्र देव खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन विद्यालयका सहायक प्रिन्सिपल अजय पाण्डेले गर्नुभएको थियो ।

 

No description available.

‘बालज्ञान–दिपिका’ का लेखक भारद्धाजले यसभन्दा अघि मनको तरङ्ग कविता संग्रह २०६३ (दोस्रो संस्करण २०६६), बाणगंगा खण्डकाव्य २०६७ (दोस्रो संस्करण २०७५), छन्द–परिचय २०७५, धाम–परिचय २०७७ लगायतका कृतिहरु प्रकाशित गरिसक्नुभएको छ भने बालज्ञान−दिपिका द्धितीय भाग र विष्णु महाकाव्य उनका प्रकाशोन्मुख कृतिहरु हुन् ।

उहाँले मनकामना संस्कृत विद्यापिठ बाणगंगा कपिलवस्तुबाट “मनकामना गौरब” साहित्य सम्मान २०६८, छन्दवादी समाज कपिलवस्तु शाखाबाट “छन्द प्रतिभा” साहित्य पुरस्कार २०६८, छन्दवादी समाज नेपालबाट “छन्द योगदान” साहित्य सम्मान २०६८, मानसखण्ड फाउण्डेसन महेन्द्रनगर कञ्चनपुरबाट “मानस खण्ड छन्द प्रतिभा साहित्य सम्मान” २०७४, अन्तर्राष्ट्रिय क्राान्ति मेरठ उत्तर प्रदेश भारतबाट “साहित्य श्री सम्मान” २०१८, नेपाल भारत साहित्य महोत्सव विराटनगरबाट “साहित्य साधना सम्मान” २०७९ लगायत एक दर्जन बढी महत्वपूर्ण सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।


प्रकाशित : २०८० फाल्गुन २१, सोमबार १६:१८