ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बालज्योति बोर्डिङ्ग स्कुलद्धारा ‘बालज्ञान–दिपिका’ पुस्तक विमोचन

Lumbini Darpan 2 २०८० फाल्गुन २१, सोमबार १६:१८
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ गजेहडा स्थित बालज्योति ईङ्गलीश बोर्डिङ्ग स्कुलले साहित्यकार ऋषिकेशव भारद्धाजले लेखेको ‘बालज्ञान−दिपिका’ पुस्तक विमोचन गरेको छ । एक विशेष कार्यक्रमका बीच उक्त पुस्तकको विमोचन गरिएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका– ८ चप्परगाउँ स्थायी ठेगाना भएका साहित्यकार भारद्धाजको वास्तविक नाम ऋषिराम कँडेल हो । यस पुस्तकको प्रकाशकको रुपमा बालज्योति ईङ्गलिस बोर्डिङ स्कुल गजेहडा रहेको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले अहिलेको विज्ञान र प्रविधिको युगमा साहित्यिक पुस्तकहरु पढ्नेहरुको संख्या क्रमश घढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख अर्यालले एउटा मोबाईलमै सयौंको संख्यमा साहित्यका पुस्तकहरु अटाउने भए पनि साहित्यिक रचनाहरु नपढेर विभिन्न मरोञ्जन, समाचार, राजनितिक विषयलाई मात्रै पढ्ने प्रवृति रहेको उहाँको भनाई छ ।

No description available.

पहिले किनेरै पुस्तकहरु पढ्ने प्रचलन रहेको बताउँदै उनले भने, ‘मैले कक्षा १० सम्म आईपुग्दाँ दर्जनौं साहित्यिक पुस्तकहरु पढिसकेको थिए ।’ उहाँले साहित्य पढ्दाँ व्यक्तिमा विवेक भरिएर आउँने बताउँदै विवेक नभएको मानिस निरास र रुखो हुने बताउनुभयो । त्यस्ता व्यक्तिहरु समाजमा घुलमिल हुन नसकेर टाढा हुने उहाँको भनाई छ । उहाँले युवा, किशोरकिशोरीहरुमा साहित्य पढ्ने बानीको विकास हुन आवश्यक रहेको बताउनुभयो । उहाँले साहित्यिक व्यक्तित्वहरुको जमघट गराउने सोच आफु पहिले उपप्रमुख हुँदादेखि नै बनाएको स्मरण गर्नुभयो । त्यसले आउँदा पुस्ताहरुलाई साहित्यलाई आत्मसाथ गरेर निरन्तरता दिन मद्दत पुग्ने उहाँको विश्वास छ । सोही अनुरुप बाणगंगा प्रज्ञा प्रतिष्ठान र बाणगंगा प्रशिक्षण प्रतिष्ठान गठनलाई आफुले निति तथा कार्यक्रममै समावेश गरेर अघि बढेको बताउँदै उहाँले भन्नुभयो, ‘बाणगंगा प्रज्ञा प्रतिष्ठानको ऐन र कार्यविधि समेत निर्माण गरेका छौं । यो गठनको प्रक्रियामा छ । जसका लागी साहित्यिक व्यक्तित्वहरुसंग निरन्तर छलफल गरिरहेका छौं ।’ उहाँले सो क्रममा साहित्यकार ऋषिकेशव भारद्धाजसंग पनि पटकपटक छलफल गरेको बताउनुभयो । उहाँले यस क्षेत्रको कला, साहित्य, भाषा र सिर्जनालाई बाणगंगा प्रज्ञा प्रतिष्ठानको माध्यमबाट उजागर गर्ने आफुहरुको सोच रहेको बताउनुभयो ।

नवकपिलवस्तु साहित्य समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका वरिष्ठ साहित्यकार हरिराज शर्माले पछिल्लो समय नेपालमा साहित्यलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विदेशमा साहित्य र संस्कृतलाई विशेष महत्व दिने गरेको भए पनि नेपालमा महत्व नदिएको उहाँको भनाई छ । उहाँले सम्पुर्ण विद्यालयहरुले यस पुस्तकलाई स्कीकार गरेर साना कक्षाहरुमा लागु गर्दा निकै उपयोगी हुने बताउनुभयो । उनले संस्कृत जानेको विधार्थीलाई अन्य भाषा अध्ययन गर्न खासै समस्या नहुने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले यस पुस्तकलाई बाणगंगासहित कपिलवस्तुका अन्य पालिकाका विभिन्न विद्यालयमा कार्यान्वयन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विमोचित पुस्तक बालबालिकाहरुका लागी निकै उपयोगी भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

No description available.

बालज्योति ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल सर्बेन्द्र देव खनालले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै ज्ञानको भण्डार भएको पुस्तक विद्यालयलले विमोचन तथा प्रकाशन गर्न पाउँदा गर्वको महशुस भएको बताउनुभयो ।

No description available.
पुस्तकका ब्याख्यता समेत रहेका साहित्यकार हेमराज शर्माले ‘बालज्ञान दिपिका’ को बारेमा प्रकाश पार्नुभएको थियो । बालज्योति ईङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल सर्बेन्द्र देव खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन विद्यालयका सहायक प्रिन्सिपल अजय पाण्डेले गर्नुभएको थियो ।

 

No description available.

‘बालज्ञान–दिपिका’ का लेखक भारद्धाजले यसभन्दा अघि मनको तरङ्ग कविता संग्रह २०६३ (दोस्रो संस्करण २०६६), बाणगंगा खण्डकाव्य २०६७ (दोस्रो संस्करण २०७५), छन्द–परिचय २०७५, धाम–परिचय २०७७ लगायतका कृतिहरु प्रकाशित गरिसक्नुभएको छ भने बालज्ञान−दिपिका द्धितीय भाग र विष्णु महाकाव्य उनका प्रकाशोन्मुख कृतिहरु हुन् ।

उहाँले मनकामना संस्कृत विद्यापिठ बाणगंगा कपिलवस्तुबाट “मनकामना गौरब” साहित्य सम्मान २०६८, छन्दवादी समाज कपिलवस्तु शाखाबाट “छन्द प्रतिभा” साहित्य पुरस्कार २०६८, छन्दवादी समाज नेपालबाट “छन्द योगदान” साहित्य सम्मान २०६८, मानसखण्ड फाउण्डेसन महेन्द्रनगर कञ्चनपुरबाट “मानस खण्ड छन्द प्रतिभा साहित्य सम्मान” २०७४, अन्तर्राष्ट्रिय क्राान्ति मेरठ उत्तर प्रदेश भारतबाट “साहित्य श्री सम्मान” २०१८, नेपाल भारत साहित्य महोत्सव विराटनगरबाट “साहित्य साधना सम्मान” २०७९ लगायत एक दर्जन बढी महत्वपूर्ण सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।


प्रकाशित : २०८० फाल्गुन २१, सोमबार १६:१८

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech