
लुदस, जीतपुर
कपिलवस्तु नगरपालिकाले नदिजन्य पदार्थ ठेक्का मा नक्कली रसिद फेला परेका छन् ।
बुधवार नगर उपप्रमुख , ईन्जिनियर सहितको टोलीले नक्कली रसिद फेला पारेको जनाएको छ ।
उप प्रमुख सुनिता गुप्ताले अनुगमन प्रतिवेदन पेश गरेको नगरको पत्र बाहिरिएसंगै यो रहस्य खुलेको हो । नाकाबाट निस्किएका टेक्टरहरु चेकिङ्ख गर्दा दर्जनबढी नक्कली रसिद फेला परेको अनुगमनका अन्य सदस्यहरुको भनाई छ ।
उता नाका प्रवेशद्धार २ किलोमिटर अगाडी नै ठेकेदारले आफ्ना प्रतिनिधि खटाएर सुराकी राख्ने गरेको अनुगमन टोलीको भनाई छ ।

