कोलिय देवदह सहकारीमा उद्घोषणकला बिकाश तालिम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदह रुपन्देहीको आयोजनामा भएको उद्घोषण तालिम आज सम्पन्न भएको छ ।

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदह रुपन्देहीका उपाध्यक्ष रमादेबि न्यौपानेको अध्यक्षता तथा देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिम समापनका अवसरमा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले समय बोल्न सक्नेहरुको भएको भन्दै तालिममा बाट सिकेका कुरा ब्यवाहारमा लागुगर्न आग्रह गर्नु भयो । उहांले सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक परिबर्तन गर्न सकिने भन्दै तालीम पछी समाजको नेतृत्व गर्न आग्रह गर्नु भयो । तालिम बिभिन्न सेवा केन्द्रमा ४ चरणमा सम्पन्न भउको हो ।

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदह रुपन्देहीका सचिव कृष्ण पौडेलको सन्चालनमा भएको तालिमको सहजिकरण लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले गर्नु भएको थियो


प्रकाशित : २०८० फाल्गुन २९, मंगलवार १८:२४