राष्ट्रिय भूमि आयोग खारेज, कपिलवस्तु लगाएत देशभर कामकाज प्रभावित

[sharethis-inline-buttons]

लुदस, काठमाडौँ

सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निणर्य गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए ।
सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । यससंगै आयोगले देशभर अगाडी बढाएका कामहरु प्रभावित हुने देखिएको छ ।
कपिलवस्तु लगाएत देशभर भुमी आयोगले कामकाज अगाडी बढाएको थियो ।
कपिलवस्तुको बाणगंगाबाट आयोगले नापजाँच शरुवात गरेको थियोभने अन्य पालिकामा समेत तयारी अवस्था रहेको थियो ।


प्रकाशित : २०८० चैत्र ८, बिहीबार १९:२६