ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रहरीलाई पनि नटेरेर कर्णाली पुलमा गएका १७ युवक जब एकपछि अर्को गर्दै हाम फाल्न थाले…

लुम्बिनी दर्पण २०८० चैत्र १३, मंगलवार १२:४९
[sharethis-inline-buttons]

सोमबार दिउँसो कर्णाली पुलमा भीडभाड थियो। होलीको रङमा रंगिएकाहरू पुलमा फोटो सेसन गर्दै थिए।

त्यसैबीच युवाको एक हुल मिसिन आइपुग्छ।

क्षणभरमै एकपछि अर्को गर्दै १७ जना युवक कर्णाली पुलबाट धमाधम नदीमा हाम फाल्छन्। सयौँ मानिस भए पनि उनीहरूलाई रोक्ने आँट कसैले गर्दैन। बरु कर्णालीमा हेलिएको दृश्य मोबाइलमा कैद गरिरहन्छन्।

कर्णाली पुलनजिकै इलाका प्रहरी कार्यालय (चिसापानी) छ। युवाहरू कर्णालीमा हेलिरहँदा प्रहरीले पनि रोक्न नसकेको भन्दै अहिले आलोचना भइरहेको छ।

२०/२५ जनाको समूहमा रहेका युवाहरू बजारमा होली खेल्दै थिए। शरीरको माथिल्लो भागको कपडा फुकालेर नांगै। निथ्रुक्क भिजेका थिए।

उनीहरूलाई पुलमा जाँदै गर्दा ड्युटीमा खटिएका प्रहरीले रोक्छन्। तर उनीहरू अटेरी गर्दै पुलतर्फ अघि बढ्छन्। साथीहरूसँग धेरैपछि भेट भएकाले सामूहिक तस्बिर खिचेर फर्किने भन्दै।

होलीमा रमाइलो गर्दै मापसेको तालमा जोसिएर उनीहरू कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेल्छन्।

त्यसरी कर्णाली पुलबाट नदीमा हाम फाल्नेमध्ये एक हुन्- कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही।

‘उनी खासै पौडी खेल्न नजान्ने रहेछन्। साथीहरूले हाम फालेको देखेर बचाइहाल्लान् भनेर उनले पनि हाम फालेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी अधिकारी भन्छन्, ‘हामीलाई हाम फालिरहेको जानकारी थिएन। डुबेको खबर आएलगत्तै खोजी थालिएको थियो। तर अहिलेसम्म अवस्था अज्ञात छ।’

होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हाम फालिसकेका थिए। केही सेकेन्डको बीचमा १६औँ नम्बरमा अर्का युवकले हाम फाले। उनी लोकेन्द्र शाही थिए ।

अगाडि हाम फालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६औँ नम्बरमा हाम फालेका लोकेन्द्र लगत्तै डुब्न पुगे। तत्कालै किनारमा रहेका दुईवटा डुंगा खोजीमा नदीमा हेलिए । तर डुबिसकेका ती युवकलाई डुंगा चालकले भेट्टाउन सकेनन्।

मंगलबार बिहानदेखि सुरक्षाकर्मी र स्थानीयले उनको खोजी गरिरहेका छन् । शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए ।

सशस्त्र प्रहरीको गोताखोर टोली पनि आइरहेको उनले बताए। अहिले कर्णाली नदी किनारमा सुरक्षाकर्मीले खोजी गरिरहेका छन्।

लोकेन्द्रपछि अन्तिममा हाम फालेका युवक पनि पौडिएर निस्किन सफल भए। उनीसमेत हाम फालेर निस्किएका १६ जनालाई सम्पर्कमा ल्याइँदै छ। एक जना प्रहरीको सम्पर्कमा आइसकेका छन्।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार १२:४९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech