स्वास्थ्यमा गम्भिर लार्पवाही , कपिलवस्तुमै छैनन् रेडियोलोजिष्ट अनुभव र तालिमका आधारमा उपचार

[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तुमा योग्यताविनै मानविय स्वास्थ्यमा गम्भिर लार्परवाही गर्ने गरेको पाईएको छ । जिल्ला भित्र गुणस्तरीय स्वास्थ्य सेवाको भरपर्दो र विश्वास योग्य सेवा क्षेत्र नहुँदा यहाँका बिरामीहरु जिल्ला बाहिरका अस्पतालमा जाने विषय नौलो होइन । तर पछिल्लो समय कपिलवस्तुमा गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेका अस्पतालहरुबाट नै बिरामीको स्वास्थ उपचारमा गम्भिर नबन्दा अस्पतालहरुको सेवा मै प्रश्न उब्जिने गरेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा संचालनमा रहेका मुख्य भनिएका युनाइटेड नेश्नल हस्पिटल, कपिलवस्तु सामुदायिक अस्पताल, पिपरा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा नै प्रश्न उठने गरेका छन् । दक्ष जनशक्ति र चिकित्सकको व्यवस्थापन नगरी उपचार सेवा सुरु गर्ने अस्पतालका कारण बिरामीको गलत उपचार हुने गरेको पाइएको छ ।
बिरामीले अस्पतालमा प्रभावकारी उपचार पाउने आशामा बिरामी लिएर पुग्छन् तर यी अस्पतालमा कार्यरत मेडिकल टिम र चिकित्सकले सुझबुझपुणर् जाँच नगरेका घटनाले अस्पतालकै उपचार पद्धतिमा प्रश्न उठेका हुन ।
गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बाट ९ वर्षीय बालक आदित्य खनालको अत्याधिक पेट दुखेपछि अभिभावकले युनाइटेड अस्पतालमा लिएर गए । अस्पतालले भिडियो एक्सरे र अन्य जाँच गरायो । बिरामीलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो । अस्पतालले भिडियो एक्सरेको रिर्पोटमा कुनै पत्ता लगाउन सकेन । चिकित्सकले बालकका आफन्तलाई बच्चाको पिसाबमा खराबि देखिएको बताए पछि केही औषधी लेखिदिए र सोही अस्पतालको फार्मेसीबाट औषधी लिएर बिरामीलाई डिस्चार्ज दिए । तर बालकको स्वास्थ्य समस्या थप जटिल बन्दै गए पछि परिवारले बुटवल आम्दा अस्पतालमा पुर्‍याए । अस्पतालले बच्चालाई एपेण्डिक्स भएको र तत्कालै अप्रेसन गर्नुपर्ने बताएपछि उनको अप्रेसन भयो । अहिले उनको स्वास्थ्यमा सुधार भएको परिवारले बताए । एपेण्डिक्स कै आशंका लागि युनाइटेडमा बच्चालाई लगिएको भए पनि अस्पतालले एपेण्डिक्स नभएको बताएको थियो । यो घटनाले युनाइटेडको उपचारमा बिरामीको बेथा एकातिर उपचार अर्कातिर जस्तो साबित भएको छ ।
यस विषयमा लुम्बिनी दर्पणकर्मीले बुझ्दा कपिलवस्तुका कुनै अस्पतालमा रेडियोलोजिष्ट नभएको पाईएको छ । अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै अयोग्य रहेछन् । अर्थात् रेडियोलोजिष्टले गर्नुपर्ने भिडियो एक्सरे अरूले नै गरेका कारण उनको रिपोर्ट गलत देखिएको रहेछ ।
कपिलवस्तुमा भिडियो एक्सरे र एक्सरेका विग्रने घट्ना भने नौला होईनन् । रेडियोलोजिष्ट डाक्टरभन्दा फरक भिडियो एक्सरे गर्ने गरेका कारण आफूजस्तै धेरै नागरिकले सास्ती पाएको बालकका अभिभावकले बताए । ‘मैले सास्ती पाएँ, अरूले पनि कति सास्ती पाएका होलान’ उनले भने- ‘स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने गरेको छ ।’
जिल्लामै रेडियोलोजिष्ट डाक्टर नरहेको बुझिएको हो । त्यसबाहेकका स्वास्थ्य संस्थामा गैह्रकानुनी ढंगले बिरामीको भिडियो एक्सरे गर्ने गरिएको एक स्वास्थ्यकर्मीले बताए ।
पिपरा अस्पतालमा हालै मात्र एकजना मात्र रेडियोग्राफर छन् । उनले भने- ‘ति एकजना कार्यरत रहेको स्वास्थ्य संस्थाबाहेक अरूमा गैह्र कानुनीरूपमा बिरामीको एक्सरे गर्ने गरिएको छ ।’
त्यसबाहेकका स्वास्थ्य संस्थामा गैह्रकानुनी ढंगले बिरामीको भिडियो एक्सरे गर्ने गरिएको पाईएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा २३ को उपदफा २ (ग) को १ र २ मा नेपाल मेडिकल काउन्सिलमा दर्ता रहेका आधिकारिक रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्सरे गर्ने प्रावधान छ । तर बाणगंगाका केही बाहेक अधिकांश स्वास्थ्य संस्थामा अनधिकृत गैह्रकानुनी व्यक्तिबाट भिडियो एक्सरे गर्ने, उनीहरूले हस्ताक्षर गरेको रिपोर्टको आधारमा उपचार गर्ने गरिएको छ । जिल्लामा दर्जन बढी स्वास्थ्य संस्था छन् ।
कपिलवस्तुमा नाम चलेको अस्पतालका रुपमा परिचित युनाइटेड नेश्नल हस्पिटलमा दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गर्दछन् । अस्पतालका डाइरेक्टर सुन्दर आचार्यले यस विषयमा आफूले बुझेर भन्ने लुम्बिनी दर्पणसँग बताए । उनले भने, यो टेक्निकल र मेडिकल कुरा हो, मैले नबुझि के हो भन्न सक्दिन, अस्पताल यस्ता विषयमा गम्भिर रहेको छ । उनले बिरामीको स्वास्थ्य सबैभन्दा महत्वणर् रहेको भन्दै यस घटनाका विषयलाई आफूले गम्भिर रुपमा लिएको दाबी गरे ।
युनाइटेड अस्पतालमा बिरामीको भिडियो एक्स-रे गर्ने दक्ष चिकित्सक नरहेको पाइएको छ । काम चलाउ कर्मचारी अनुभवका आधारमा उपचार गर्ने जनशक्तिका भरमा गरिने भिडियो एक्स-रेका कारण अस्पतालमा पुग्ने बिरामीले उपचारमा गम्भिर समस्या भोग्ने गरेका छन् । अस्पतालका अध्यक्ष मुनाराम चालिसेका अनुसार युनाइटेड अस्पतालले रेडियोलोजिष्ट कर्मचारी माग गरेको भए पनि अझै नियुक्ति गर्न नसकेको बताए । अस्पतालले अति आवश्यक परेका बेला पिपरा अस्पतालबाट रेडियोग्राफर बोलाएर गरेको चालिसेले बताए । युनाईटेड अस्पतालमा हार्डजोर्नी, जनरल सर्जरीका समेत अप्रेशन हुदै आएका छन् ।

यता पिपरामा पनी एकजना पनी रेडियोलोजिष्ट छैनन् । एकजना रेडियोग्राफर लवकुश कुमार झा ले एक्सरे गर्दै आएका छन् । एक्सरेका लागि रेडियोग्राफर नै जनशक्ति हो । तर उनी विदामा हुदाँ पालिकाबाट करारमा खटाईएका कर्मचारी पिताम्बर ज्ञवाली ले अनुभवका आधारमा एक्सरे गर्ने गरेको सेवाग्राही बताउछन् । तर यस विषय र युनाईटेड अस्पतालले भनेजस्तो अन्य निजि अस्पतालमा पहिलेका रेडियोग्राफर पुग्ने भएपनी हाल भने कोही नगएको अस्पतालका मेसु तेजेन्द्र चौधरीले बताए । पनी गर्ने गरेको पाईएको हो । यता एनआरएका पुर्व अध्यक्ष हेन्सन खड्काले स्वास्थ्य संस्थामा नेपाल सरकारबाट इजाजत नलगी आफै पदधारण गरेको सोनोलोजिष्ट अर्थात् अनधिकृत चिकित्सकबाट भिडियो एक्सरे गरी उपचार गराउने र नागरिकको स्वास्थ्य प्रति खेलवाड गर्ने अवस्था अझै अन्त्य नभएको यसमा सरकारले पनी चासो नदेखाएको बताए ।
यतिमात्र होईन जिल्लाका कतिपय मेडिकलहरुमा समेत अनुभवका आधारमा भिडियो एक्सरे गर्ने गरेको र गैह्कानुनी गर्भपतन समेत गराउने गरेको एक विसोस्त श्रोतले बताए । यस प्रकारको सेवाले जनताको स्वास्थ्य भगवान भरोसा जस्तो भएको छ ।

यो समाचार गत आईतवारको लुम्बिनी दर्पण साप्ताहिकमा प्रकाशित छ ।


प्रकाशित : २०८० चैत्र १३, मंगलवार १३:०१