लुदस, कोपवा
बाणगंगा ६ सुठौली भाठाटोलका देविराम पोख्रेल उमेरले ७९ वर्ष भए । वडा नं ६ को कार्यालयमा आज जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई बुढेसकालको साहरा लौरो र छाता पाईने खबरले पुगेका उनी वडाको सम्मानले मख्ख थिए ।
उनीमात्र होईन वडाभित्रका ७० वर्ष माथिका २ सय ८० जना जेष्ठ नागरिकलाई गर्मियाममा छाता र सहारा लौरो प्रभावकारी भएको छ । वडामै पहिलो पट्क लौरो र छाता वितरण गरेको हो ।
वडाको चालु आर्थिक वर्षको बजेटमै जेष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने र उपयोगी सामाग्री हस्तान्तरण गर्ने योजना अगाडी सारेको वडाध्यक्ष करुण टण्डनले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष टण्डनले जेष्ठ नागरिकहरुको हेरचाह र यस प्रकारको सम्मानले घरमा पनी उनिहरुलाई सकरात्कम उर्जा मिल्ने बताउनुभयो । साथै उहाँले आगामी वर्षदेखि वडाले थप बजेटको व्यवस्थापन गरि हरेक घर घरमा स्वास्थ्य परिक्षणका लागि विशेषज्ञ सहितको टोली खटाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रम मार्फत लौरो र छाता वितरणका अलवा जेष्ठ नागरिकलाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने जनाईएको थियो ।
त्यस्तै वडा सदस्य यम बहादुर प्यूठानी, गुरु प्रसाद थारुले वडाबाट जेष्ठ नागरिकका साथै एकल महिला, सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम वडाले संचालन गर्दै आएको र त्यसबाट सवै वर्ग र समुदाय उमेर समुहलाई स्थानिय सरकारको अनुभुति गराएको बताउनुभएको थियो ।
घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सजिलो होस् भनेर वडा तहमै कार्यक्रमहरु ल्याईने र यस्ता सम्मान कार्यक्रम घर घरमा भेटघाट गरि निरन्तर सल्लाह सुझाव समेत लिईदै आएको सदस्यद्धयको भनाई छ ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई निरन्तर स्वास्थ्य परिक्षणमा नजिकका स्वास्थ्य क्षेत्रमा पुग्नुपर्ने भन्दै निरोगी बन्नको लागि खानपान, पछी लौरो टेकेरै भएपनी हिडटुल गर्नुपर्नेमा जोड दिएको थियो ।
सो अवसर मा स्थानिय ओजास कम्पनीका.सौरभ पौडेलको को सहयोगमा जेष्ठ नागरिकहरुलाई भिटामिन समेत औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।