पत्रकार महासंघ लुम्बिनी प्रदेश र कपिलवस्तु शाखा देशमै उत्कृष्ट

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,
नेपाल पत्रकार महासंघको २७ औँ महाअधिवेशनबाट महासंघका लुम्बिनी प्रदेश समिति र कपिलवस्तु शाखा देशभरमै उत्कृष्ट घोषित भएका छन् ।
काठमाण्डौंमा जारी महाधिवेशमा लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी र कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले सो सम्मान ग्रहण गरेका हुन । संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा र महासंघका अध्यक्ष विपुल पोख्रेल, पूर्व संचारमन्त्री मिनेन्द्र रिजाल लगायतले प्रसंसा पत्र वितरण गरेक थिए । कार्यसम्पादन मुल्यांकनको आधारमा नेपालको पत्रकारिता क्षेत्र र श्रमजिवी पत्रकारको हित प्रर्वद्धनका लागि महत्वपुणर् भुमीका निर्वाह गरेको भन्दै उक्त प्रशंसा पत्र प्रदान गरिएको थियो ।
गिरीको कार्यकालमै प्रदेश कमिटीले भवन निर्माण तथा पत्रकारको क्षमता वृद्धि लेखनवृद्धि उल्लेख्य भुमिका खेल्दै आएका छन् भने कपिलवस्तु शाखा बज्राचार्यको नेतृत्वमा ३ भवन र पत्रकार कल्याणकारी कोष ३ गुनाले कोष वृद्धि लगायतको काम गरेका छन् । कपिलवस्तुसहित १७ वटा जिल्ला शाखा उत्कृष्ट हुँदा लुम्बिनी प्रदेशबाट मात्र ५ जिल्ला शाखा पुरस्कृत हुन भएका हुन् ।
कार्यक्रम अन्र्तगत शुक्रवार उद्घाटन संगै शनिवार बन्द सत्र गरि समापन हुनेछ ,


प्रकाशित : २०८१ बैशाख २१, शुक्रबार १७:४०