
लुदस , चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिका अन्र्तगत पर्ने सुरही खोलामा ठेकेदारले मनपरि नदीजन्य पदार्थ दोहन गरेका छन् । ठेकेदार सुर्योदय निर्माण सेवाको नाममा दुई महिना अगाडी लागेको ठेक्कामा ठेकेदारले नक्कली रसिद प्रयोग गरि बर्मलुट मच्याएको हो । ठेकेदारले सुचना पाटि समेतमा स्थानीय तथा सर्वसाधारणलाई सुचना लुकाएर मनपरि मच्याएको हो । सुचना पाटीमा उत्खनन् गर्ने परिमाण , ठेक्का लागत, उत्खनन शुरु, र अन्त मिति राख्नुपर्नेमा उक्त विषय नराखि फर्मको परिचय मात्र राखेर झुक्काईएको हो । उक्त स्थानमा दैनिकजसो ५० देखि ७० ट्याक्टरले निकासी गरिरहेका छन् । एक ट्याक्टरले तिनमा कम्तिमा ६ ट्रिप सम्म गर्ने गरेको स्वय ट्याक्टर चालकहरु बताउछन् । तर कतिपय अलि टाढा जाने ट्याक्टरलाई ठमाएको रोयल्टीमा हालसम्म १४ यस मात्र सिरियल भएको रोयल्टि ठमाएको पाईएपछी हाम्रो टोली त्यहाँ पुग्दा १२०१ देखि १३०० सम्मको ठेली नै नक्कली भेटिएको हो । ठेली नक्कली भएको विषयमा सोध्दा आफुलाई तोय बहादुर खत्री नाम बताउने ठेकेदारका कर्मचारीले अलिअलि कहिलेकाँही यस्तो हुने गरेको स्विकार गरे । उनले भने तपाईहरुलाई थाहै छ किन ढाट्नुपर्यो भन्दै सहज जवाफ दिए । यसरी ठेकेदारले खुलेयाम लुटको साम्राज्य मच्याउदा समेत नियमनकारी निकाय अझ जनताका आशा र भरोषा केन्द्र शिवराज नगरका मेयर अजय थापा मौन बस्नुले जनता वाक्क दिक्क भएका छन् ।

