रुपन्देहीको शुद्धोधन ३ मा स्वास्थ्य शिक्षा दन्त परीक्षण तथा परामर्श कार्यक्रम सम्पन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

यमुना जि.सी चौधरी

रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा शंकर माध्यमिक विद्यालयमा स्वास्थ्य शिक्षा दन्त परीक्षण तथा परामर्श कार्यक्रम आज सम्पन्न भएको छ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य णम कुमारी पङगेनीको अध्यक्षता शंकर माध्यमिक विद्यालयका प्रधानाध्यपक टंक प्रसाद पौडेलको प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा शंकर माविका विद्यार्थीलाई स्वास्थ्य शिक्षा दन्त परीक्षण तथा परामर्श दिइएको थियो।

कार्यक्रममा आधुनिक समाज डेन्टल केयर प्रणालीका डाक्टर सपना कुँवर डाक्टर भोजराज खनाल सिर्जना बस्याल सिता गोचनले विद्यालयका विद्यार्थीहरुलाई स्वास्थ्य परीक्षण तथा परामर्श दिनुभएको थियो कार्यक्रमको सन्चालन स्वास्थ्य अभियानता माधव सापकोटाले गर्नुभएको थियो।


प्रकाशित : २०८१ जेष्ठ ४, शुक्रबार १५:२१