ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शितगंगाका चुरेमा वेथिति ः पावरा खोलामा बर्मलुट

लुम्बिनी दर्पण २०८१ जेष्ठ १३, आईतवार २३:०६
[sharethis-inline-buttons]

लुदस जितपुर
अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चुरे क्षेत्रमा पर्ने बाणगंगा खोलामा एक्साभेटर प्रयोग गर्ने आन्तरिक सहमतीले ठेकेदारले बर्म्रलुट मच्याएका छन् ।
विगत दुई महिनादेखि शीतगंगा नगरपालिका वडा नं. १४ मा पर्ने पावरा-विक्रम क्षेत्रको बाणगंगा नदीबाट ठेकेदारले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् ।
ठेकेदारसँगको ठेक्का सम्झौतामा कहीकतै एक्साभेटरको प्रयोग गर्ने उल्लेख नभएपनि सेटिङ मिलाएरै ठेकेदारले नदी दोहन गरिरहेका हुन् ।

ठेकेदारले एकाविहानै र साँझदेखि राति अवेरसम्म एक्साभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । सिंगो गाउँका अगुवा, शीतगंगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी लगायतका जिम्मेवार निकायलाई मोटो रकम बुझाएर यो काम विगत एक महिनादेखि चलिरहेको पावर गाउँका एक जना अगुवाले जानकारी दिए ।

ती गाउँलेको भनाई पुष्टाई गर्न आइतबार साँझपख पावर-विक्रमको बाणगंगा खोलामा पुग्दा एक्साभेटरले धमाधम नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो ।

साँझ परेपछि राति अवेरसम्म एक्साभेटरले नदीजन्य पदार्थ उत्खखन गरिरहेको प्रमाण आइतबार संकलन गरिएको छ । साथै राति अवेरसम्म नदीबाट निकालिएको नदीजन्य पदार्थ टिप्परको सहायताले नजिकैको स्थानमा ल्याएर ठेकेदारले माल डम्प गर्दै आएका छन् ।

रातभर र एकाविहानै नकालिएको माल दिनभर टिप्परले डम्पबाट ओसार्ने गरेका छन् ।

शीतगंगाले राष्ट्रिय गौरवको आयोजनाका नाममा नदीजन्य पदार्थ उत्खनन दिनेगरी यहाँ ठेक्का लगाएको हो । ठेक्का लगाउदा नै ठूलो चलखेल भएको शीतगंगा नगरका एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

ती कर्मचारीका अनुसार यहाँ तीन जना ठेकेदारले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । ठेकेदारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रयोग गर्ने गरी नदीजन्य उत्खननको अनुमति पाएको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका नाममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाम बेचिएको छ । जबकी यो विमानस्थल बनेर सञ्चालन हुन थालेको बर्षौ वितिसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनेर यहाँ नदीजन्य उत्खनन गरिएपनि ठेकेदारले कपिलवस्तु, रुपन्देहीमा रहेका विभिन्न क्रेसर उद्योग, निर्माणाधिन सडक लगायतका भौतिक संरचनामा उक्त नदिजन्य पदार्थ विक्रि गरेको पाईएको हो ।

यता शीतगंगा नगरपालिकाले भने निकै कम राजश्व लिएर ठेकेदारलाई यहाँ उत्खननको ठेक्का दिएको हो । स्रोतका अनुसार रु. ३५ लाखमा यस स्थानमा ठेक्का दिइएको हो । जबकी यो राजश्वको परिणाम ठेकेदारले एक साता भित्रै उठाइसकेका छन् ।

नगरपालिकाले भने कति परिणाममा नदीजन्य पदार्थ निकालियो नापचाँस नगरेको ती कर्मचारीको दाबी छ ।

‘ठेकेदारको मिलेमतोकै आधारमा नदीजन्य पदार्थ उत्खननको परिणाम भन्दा झण्डै ५ गुणा माल निकालिएपनि सिंगो नगर मौन बसेको छ,’ गाउँका एकजना अगुवाले आक्रोशित मुद्रामा भने ।

पावरा-विक्रम गाउँ नजिकै शीतगंगा नगरपालिका वडा नं. १४ को वडा कार्यालय छ । वडा कार्यालय नजिकै भएपनि ठेकेदारले अवैध नदी उत्खनन गरिरहदा जनप्रतिनिधि र कर्मचारी तै चूप, मै चूपको अवस्थामा छन् । यसले पनि मिलेमतोको आशंकामा बल पुग्छ ।

 

https://lumbinidarpanonline.com/wp-content/uploads/2024/05/586070b1-59a9-4095-90f9-3097cfa7d012.mp4

आइतबार साँझ बाणगंगा खोलामा पुग्दा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो । पत्रकार देखे लगत्रै ठेकेदारले नदी उत्खननमा संलग्न एक्साभेटर र टिप्पर जवरजस्त निकाले । सुरुमा नगरकै अनुमतिले नदीमा एक्साभेटर प्रयोग गरेको बताएका ठेकेदारका प्रतिनिधिले पत्र देखाउन आग्रह गर्दा कुरा फेरे । लगत्तै ठेकेदारका प्रतिनिधिले गाउँलेले भनेर नदीमा एक्साभेटर प्रयोग गरेको बताए ।
यसरी महिनौदेखि प्रयोग भएको स्काभेटर को नजिकै वडा नं १४ को वडा कार्यालय छ । वडाध्यक्ष दामोदर न्यौपाने समेत ठेकेदारको कमिशनमा र्याल काड्न थालेपछी ठेकेदारको मनमर्जी बढेको स्थानियको आरोप छ ।


प्रकाशित : २०८१ जेष्ठ १३, आईतवार २३:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम
  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका
  • महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न
  • कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै
  • सव डिभिजन प्रमुख मिश्र सहित दुई वरिष्ठ वन अधिकृत मन्त्रालयमा तानिए
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech