शितगंगाका चुरेमा वेथिति ः पावरा खोलामा बर्मलुट

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस जितपुर
अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चुरे क्षेत्रमा पर्ने बाणगंगा खोलामा एक्साभेटर प्रयोग गर्ने आन्तरिक सहमतीले ठेकेदारले बर्म्रलुट मच्याएका छन् ।
विगत दुई महिनादेखि शीतगंगा नगरपालिका वडा नं. १४ मा पर्ने पावरा-विक्रम क्षेत्रको बाणगंगा नदीबाट ठेकेदारले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् ।
ठेकेदारसँगको ठेक्का सम्झौतामा कहीकतै एक्साभेटरको प्रयोग गर्ने उल्लेख नभएपनि सेटिङ मिलाएरै ठेकेदारले नदी दोहन गरिरहेका हुन् ।

ठेकेदारले एकाविहानै र साँझदेखि राति अवेरसम्म एक्साभेटरको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । सिंगो गाउँका अगुवा, शीतगंगा नगरपालिका, जिल्ला प्रशासन, प्रहरी लगायतका जिम्मेवार निकायलाई मोटो रकम बुझाएर यो काम विगत एक महिनादेखि चलिरहेको पावर गाउँका एक जना अगुवाले जानकारी दिए ।

ती गाउँलेको भनाई पुष्टाई गर्न आइतबार साँझपख पावर-विक्रमको बाणगंगा खोलामा पुग्दा एक्साभेटरले धमाधम नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो ।

साँझ परेपछि राति अवेरसम्म एक्साभेटरले नदीजन्य पदार्थ उत्खखन गरिरहेको प्रमाण आइतबार संकलन गरिएको छ । साथै राति अवेरसम्म नदीबाट निकालिएको नदीजन्य पदार्थ टिप्परको सहायताले नजिकैको स्थानमा ल्याएर ठेकेदारले माल डम्प गर्दै आएका छन् ।

रातभर र एकाविहानै नकालिएको माल दिनभर टिप्परले डम्पबाट ओसार्ने गरेका छन् ।

शीतगंगाले राष्ट्रिय गौरवको आयोजनाका नाममा नदीजन्य पदार्थ उत्खनन दिनेगरी यहाँ ठेक्का लगाएको हो । ठेक्का लगाउदा नै ठूलो चलखेल भएको शीतगंगा नगरका एक जना कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

ती कर्मचारीका अनुसार यहाँ तीन जना ठेकेदारले नदीजन्य पदार्थ उत्खननको अनुमति पाएका छन् । ठेकेदारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउन प्रयोग गर्ने गरी नदीजन्य उत्खननको अनुमति पाएको बताइएको छ । राष्ट्रिय गौरवको आयोजनाका नाममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको नाम बेचिएको छ । जबकी यो विमानस्थल बनेर सञ्चालन हुन थालेको बर्षौ वितिसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनेर यहाँ नदीजन्य उत्खनन गरिएपनि ठेकेदारले कपिलवस्तु, रुपन्देहीमा रहेका विभिन्न क्रेसर उद्योग, निर्माणाधिन सडक लगायतका भौतिक संरचनामा उक्त नदिजन्य पदार्थ विक्रि गरेको पाईएको हो ।

यता शीतगंगा नगरपालिकाले भने निकै कम राजश्व लिएर ठेकेदारलाई यहाँ उत्खननको ठेक्का दिएको हो । स्रोतका अनुसार रु. ३५ लाखमा यस स्थानमा ठेक्का दिइएको हो । जबकी यो राजश्वको परिणाम ठेकेदारले एक साता भित्रै उठाइसकेका छन् ।

नगरपालिकाले भने कति परिणाममा नदीजन्य पदार्थ निकालियो नापचाँस नगरेको ती कर्मचारीको दाबी छ ।

‘ठेकेदारको मिलेमतोकै आधारमा नदीजन्य पदार्थ उत्खननको परिणाम भन्दा झण्डै ५ गुणा माल निकालिएपनि सिंगो नगर मौन बसेको छ,’ गाउँका एकजना अगुवाले आक्रोशित मुद्रामा भने ।

पावरा-विक्रम गाउँ नजिकै शीतगंगा नगरपालिका वडा नं. १४ को वडा कार्यालय छ । वडा कार्यालय नजिकै भएपनि ठेकेदारले अवैध नदी उत्खनन गरिरहदा जनप्रतिनिधि र कर्मचारी तै चूप, मै चूपको अवस्थामा छन् । यसले पनि मिलेमतोको आशंकामा बल पुग्छ ।

 

आइतबार साँझ बाणगंगा खोलामा पुग्दा एक्साभेटरले नदीजन्य पदार्थ उत्खनन गरिरहेको थियो । पत्रकार देखे लगत्रै ठेकेदारले नदी उत्खननमा संलग्न एक्साभेटर र टिप्पर जवरजस्त निकाले । सुरुमा नगरकै अनुमतिले नदीमा एक्साभेटर प्रयोग गरेको बताएका ठेकेदारका प्रतिनिधिले पत्र देखाउन आग्रह गर्दा कुरा फेरे । लगत्तै ठेकेदारका प्रतिनिधिले गाउँलेले भनेर नदीमा एक्साभेटर प्रयोग गरेको बताए ।
यसरी महिनौदेखि प्रयोग भएको स्काभेटर को नजिकै वडा नं १४ को वडा कार्यालय छ । वडाध्यक्ष दामोदर न्यौपाने समेत ठेकेदारको कमिशनमा र्याल काड्न थालेपछी ठेकेदारको मनमर्जी बढेको स्थानियको आरोप छ ।


प्रकाशित : २०८१ जेष्ठ १३, आईतवार २३:०६