प्रगतिशील पत्रकार संघको नेतृत्वमा कपिलवस्तुमा ४ संगठन तालाबन्दी

[sharethis-inline-buttons]

लुदस, जीतपुर
कपिलवस्तु जिल्लामा शुद्धीकरणको नाममा श्रमजीवी पत्रकार, क्रियाशील पत्रकार, मिसन पत्रकारिता र संस्था स्थापनामै योगदान पुर्‍याएकाहरूलाई बेवास्ता गर्दै क्रियाशील श्रमजीवी पत्रकारको नाम छुटाउने, एकै प्रकृतिका व्यक्तिलाई दोहोरो मापदण्डअनुसार सदस्यता सिफारिस गर्ने र छुटाउने तथा केन्द्रले विभिन्न समस्यमा जारी गरेका सदस्यता नामावली सूचीमा आफू अनुकूल सदस्य थप्ने कार्य गरेको देखिएकाले सो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” विज्ञप्तिमा भनिएको छ ।


प्रगतिशीलले तालाबन्दी गर्ने भनेपछी एक्केबद्धता जनाउने भनेका अन्य ३ संगठनहरु पनी तालाबन्दीमा पुगेपछी प्रगतिशीलको तालाबन्दी पछी संयुक्त विज्ञप्ती सहित एक्केबद्धता जनाएका हुन् ।


विज्ञप्तिमा नेपाल प्रेस युनियन कपिलस्तुका अध्यक्ष खगप्रसाद चापागाईं, प्रगतिशील पत्रकार सङ्घ कपिलवस्तुका अध्यक्ष मोहन बेलबासे, प्रेस मञ्च कपिलवस्तुका अध्यक्ष तुलसीराम यादव र मधेसी पत्रकार समाज कपिलवस्तुका अधयक्ष रमेशकुमार मिश्रको हस्ताक्षर रहेको छ ।

प्रगतिशिल पत्रकार संघ नेपालको हिजो बसेको केन्द्रिय भर्चुअल बैठक अनुसार पुर्वाग्राही गरि सदस्यता शुद्धिकरणमा परेका जिल्लाहरुमा संघर्षका कार्यक्रमहरु तय गर्ने निणर्य गरेको थियो । जसअनुसार बाँकेमा पनी विज्ञप्ती जारी गरिएको छ ।


प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार १८:३९