पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच मुठभेड, गोली लागेर एकको मृत्यु

[sharethis-inline-buttons]

 

सिमराः पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको भुठभेड हुँदा एक जनाको मृत्यु भएको छ। गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

मृतकको नाम खुल्न सकेको छैन। सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ। सेनाले गोली चलाएपछि अन्य फरार भएका छन्।

निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ‘घटना भएको हो, अहिले अरू विवरण आउन बाँकी छ’, उनले भने ‘हामीले त्यसैमा लागिरहेका छौं।’

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको चोरी शिकारी गर्न तस्करहरू समूह बनाएर बस्ने गरेका छन्। वन्यजन्तुको चोरी तस्करी नियन्त्रण गर्न सेनाले गस्ती गर्ने गरेको छ। गस्तीमा रहेको सेना र तस्कर समूहबीच जम्काभेट हुने गरेको छ


प्रकाशित : २०८१ असार ८, शुक्रबार १८:२२