ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको नगरपालिका ः अदालतलाई नटेर्ने हाकिम, नियम नमान्ने जनप्रतिनिधि

लुम्बिनी दर्पण २०८१ श्रावण १, मंगलवार १०:१२
[sharethis-inline-buttons]

लुदस, जीतपुर

कपिलवस्तुको बाणगंगा नगरपालिकाले आफ्नो सत्ता र शक्तिको आडमा यहाँको एक सामुदायिक विद्यालयमा नियम विपरितको निणर्य गरेको पाइएको छ । वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा लामो समय देखि व्याप्त प्रधानाध्यापक सम्बन्धी विवादलाई समयमै समाधान गर्नुको साटो यो अझ पेचिलो बनेको हो । अहिले यो विषय राजनितिक मुद्धा समेत बनेको छ ।

भएको के थियो ?

वडा नम्बर ८ स्थित उक्त विद्यालयमा कार्यरत प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले अनिवार्य अवकाश लिने भएपछि २०८० पुष १५ गते देखि लागुहुने गरी विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये नि.मा.वि तहका शिक्षक राजेन्द्र खनाललाई निमित्त प्र.अ भई काम गर्न निमित्त दिएका थिए । पाण्डेको अवकास पछि खनालले निमित्त भई कार्यसञ्चालन गरे । तर त्यसको केही दिन पनि नबित्दै वडा अध्यक्ष बाबुराम अर्यालले खनाललाई निमित्त मान्न नसकिने भन्दै वडा कार्यालयबाटै विद्यालयका प्रा.वि तहमा कार्यरत शिक्षक भोजराज थारुलाई निमित्तको पत्र थमाए । त्यस पछि विद्यालयमा विवाद बढ्यो ।
वडा अध्यक्ष र नगरपालिकाले समस्याको समाधान गर्नुको साटो थप शिक्षक र विद्यालयलाई लडाउने गरी एक पछि अर्को कदम चाल्दै गए । उनीहरुले सत्ता र शक्तिको दुरुपयोग मात्रै गरेनन् । विद्यालयको आर्थिक कारोवार समेत भोजराज थारुलाई गर्न मिल्ने गरी सिफारिस समेत गरेको विद्यालयका एक शिक्षकले बताए । जसका कारण विषय कानुनी बाटोबाट अघि बढ्यो ।
उच्च अदालत बुटवलमा रिट दर्ता भयो । अदालतले तत्कालै अन्तरिम आदेश सहितको परमादेश जारी गरी राजेन्द्र खनाललाई निमित्त भई काम गर्ने बाटो फुकुवा गरिदियो । त्यसपछि पछाडि हच्किएको बाणगंगा नगरपालिका र वडा कार्यालयले खनाललाई प्र.अ स्विकार्न बाध्य भए । राजनितिक दाउपेच र आफु निकटका व्यक्तिलाई जसरी पनि पदमा बाहली दिने ध्याउन्नमा रहेका नगरपालिकाका शिक्षा शाखा प्रमूख खिमबहादुर जि.सीले भोजराजलाई नै प्र अ बनाउने राणनितिमा लागे पनि अदालतको अन्तरिम आदेशले दाँतमा ढुङ्गा लागे जस्तै भए ।
उच्च अदालत तुल्सिपुर बुटवल इजलासबाट २०८० चैत्र २६ गते न्यायधिस सुभाष पौडेल र पुण्य शिला दावाडी घिमिरेको संयुक्त इजलासको अन्तिम सुनुवाइ आयो । उक्त सुनुवाइ अनुसार विद्यालयको निमित्त प्र.अ सम्बन्धमा खनाल र थारु दुबैका रिट खारेज गरी शिक्षा नियमावली अनुसार दरखास्त आह्वान गरी नियमानुसारको स्थायी प्र.अ तोक्न आदेश गरेको थियो ।
दुबै निवेदकका रिट खारेज भएपछि विद्यालय प्र.अ विहिन हुँदा समेत नगरपालिका र नगर शिक्षा समिति समेत यस विषयमा गम्भिर बन्न सकेन । तत्काल अर्को प्र.अ नतोकिदा खनालले नै प्रशासनिक जिम्मेवारी वहन गरे । बाणगंगा नगरपालिकाले विद्यालयको समस्या समाधानका लागि उच्च अदालतको फैसला अनुसार गर्नुपर्नेमा आफ्नो मनोमानी निणर्य गर्दै अदालतले अयोग्य भनिएका शिक्षक भोजराज थारुलाई नै निमित्त भनि तोकेपछि विषय थप पेचिलो बनेको हो । यो निणर्य नगर शिक्षा समितिको बैठकले २०८१ वैशाख १८ गते गरेको थियो । त्यस पछि आफूले सम्हाल्दै आएको प्रशासनिक जिम्मेवारी खनालले छोडे भने थारुले आफू अबको प्रअ भएको दाबी गर्दै काम गर्न थाले ।
अदालतबाट शैक्षिक योग्यता र बरिष्ठता समेत नदेखिने गरी अयोग्य भनिएका थारुलाई नगरपालिकाले जबरजस्त प्रअ नियुक्त गरेपछि विषय राजनितिक मुद्धाको रुपमा बाणगंगामा देखिएको छ । जसका कारण बाणगंगा नगरपालिकाको मनपरीतन्त्र र नगरपालिकाले अदालतको आदेश अटेरी गरेको भन्दै केहीदिन अघि नेपाली कांग्रेस बाणगंगाले नगरपालिकामा चर्को विरोध गरेको थियो ।
यस विषयमा नगरपालिकाका प्रमूख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको राजनितिक अभिव्यक्ति र विद्यालयहरु प्रतिको गैर जिम्मेवारीपूणर् सोँचका कारण यहाँको शिक्षा थप गन्जागोल बनेको उनिहरुको आरोप छ । मरासिनीले पटक पटक पत्र काट्दै विद्यालयको साँचो र सम्पत्ति नगरपालिकाले तोकि पठाएका निमित्त प्र.अ भोजराज थारुलाई दिन ताकेता गरेका भए पनि खनालले अदालतबाट अयोग्य भनिएका व्यक्तिई आफूले दिन नसक्ने र योग्य व्यक्तिलाई निमित्त तोकेमा तत्काल दिने अडान् राखेपछि विद्यालय प्रधानाध्यापकको कबड्डी खेल जस्तै भएको छ । धाँदली रहित र निश्पक्ष निणर्यको भुमिका खेल्नुपर्ने बाणगंगा नगरपालिका र नगर प्रमुख चक्रपाणी आर्याल म्याच फिक्सिङमा परेका रेफ्रिको रोलमा देखिएका छन् ।
यता खनालले आफ्नो प्र.अ पदमा कुनै दाबी नरहेको पटक पटक बताउँदै आइरहेका छन् । उनले भनेका छन, मेरो कुनै दाबी छैन, हिजो पनि थिएन र आज पनि छैन । हिँजो पनि मैले तपाईहरु मिलेर आउनुस् मैले तत्कालै खाली गरिदिन्छु भनेको थिए, आज पनि मेरो दाबी होइन् उनले भने ।
उनका अनुसार कानुनी उपचार खोजेपछि सम्मानित अदालतको आदेश र फैसला अनुसार विद्यालयको दिर्घकालिन रुपमा समस्या समाधान हुनुपर्छ । अदालतले दुबैका निवेदन खारेज गरेपछि फैसलामा जे भनिएको छ, सोही अनुसार नगरपालिकाले गरिदिए आफ्नो सहमति हुने उनले बताए । अदालतको आदेश विपरित नगरपालिकाले आफ्नो अनुकुलको निणर्य गरि सम्मानित अदालतकै आदेशको अवहेलना हुने गरी अयोग्य भनिएका शिक्षकलाई पटक पटक नि.प्रअमा टेकाउन खोज्नु गलत रहेको उनको तर्क छ ।
अहिले यो विषय राजनितिक मुद्धा समेत बनेको छ । नगरपालिकाको प्रमूख प्रतिपक्षि दलको रुपमा रहेको नेपाली कांग्रेसले यस विषयलाई लिएर आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विद्यालय जस्तो ठाउँलाई बन्धक बनाउने गरी नगरपालिकाले गरेका निणर्य सच्चाउन माग गर्दै केहि दिन अघि नेपाली कांग्रेस बाणगँंगा नगर समितिले मेयर चक्रपाणी अर्याललाई ध्यानाकर्षण पत्र बुझायो । तीन बुँदे माग राखि बुझाइएको उक्त पत्रमा जनसेवा आधारभूत विद्यालयको विषय समेत जोडतोडका साथ राखिएको देखिन्छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख अर्यालले आफूले यस विषयलाई गम्भिर रुपमा लिएको बताएका थिए । अब केहि दिनमै विद्यालयको यो समस्यालाई आफूले समाधान गर्ने आश्वासन पनि उनले दिए । तर यो समाचार तयार पार्दा सम्म नगरपालिकाले कुनै निणर्य गरेको पाइएको छैन । नेपाली कांग्रेसले अदालतको आदेशअनुसार नै गर्न नगरपालिकालाई आग्रह गरेको छ । नियम विपरित गरिएका निणर्य मान्य नहुने कांग्रेसको माग छ ।
भोजराजलाई नियम विपरित नै भएपनी प्र.अ को जिम्मेवारीमा अडाउन नगरलाईपनी शक्ति केन्द्रबाट दवाव रहेको एमालेका जिम्मेवार नेताले कुराकानीका क्रममा खुलाए ।


प्रकाशित : २०८१ श्रावण १, मंगलवार १०:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech