बर्तमान अवस्थामा प्राविधिक र आधुनिक शिक्षाको आवश्यकता : मन्त्री अधिकारी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्तमान अवस्थामा प्राविधिक र आधुनिक शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । क्यु.ए.ए.प्रमाणित सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुद्धारा आयोजित उत्कृष्ट अंक सहित विभिन्न शंकायमा उतीर्ण हुन सफल विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अधिकारीले जनताका आवश्यकता पुरा गर्नका लागि स्थायी रुपमा बर्तमान सरकार गठन भएको बताउनुभयो ।

उहाँले आवश्यक संविधान संशोधन, समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नका लागि अहिलेको सरकार लागिपरेको बताउनुभयो । उहाँले सिद्धार्थ क्याम्पस देशकै उत्कृष्ट गन्तब्यको रुपमा विकास भईरहेको बताउँदै शिक्षामा अझ गुणस्तर वृद्धि गर्नका लागि क्याम्पसको भौतिक अवस्था, जग्गाको व्यबस्थापन जस्ता विषयहरुमा प्राथमिकताका साथ लागि परेको बताउनुभयो । मन्त्री अधिकारीले अहिलेको कानुुन संशोधन गरि भुमिहिन र सुकुम्वासी समस्याको समाधान गरि जनतालाई राहात प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिद्धार्थ क्याम्पस बाणगंगा बुंची कपिलवस्तुले एम.बि.एस.दोस्रो सेमेस्टर तर्फ ३.९२ जिपिए सहित नेपाल द्धितिय तथा लुम्बिनी प्रदेश प्रथम सपना भण्डारी, ३.८५ जिपिए सहित कपिलवस्तु जिल्ला द्धितीय सरस्वती भट्राई, ३.७३ जिपिए सहित जिल्ला तृतीय हुन सफल सुस्मिता थापा त्यसैगरि बि.ए.दोस्रो बर्ष तर्फ ७१ प्रतिशत सहित कपिलवस्तु जिल्ला प्रथम हुन सफल बिष्णु बहादुर रावत (विज्ञान) र ७०.४ प्रतिशत सहित जिल्ला द्धितीय हुन सफल माया गिरीलाई हार्दिक बधाई व्यक्त गर्दै प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै नेपाल द्धितिय हुन सफल विद्यार्थी सपना भण्डारीले यो सम्मानले थप हौसाल बढेको बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख बेदराम अर्यालले उत्कृष्ट विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै क्याम्प्सको गरिमालाई आगामी दिनमा पनि बचाईराख्नु पर्नेमा जोड दिनुभयो ।

क्याम्पसका अध्यक्ष डम्मर शर्माले क्याम्पसको गरिमा उचो बनाउने विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै शिक्षामा गुणस्तरीयता वृद्धि गर्न क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।

क्याम्पसका अध्यक्ष डम्मर शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष झविलाल पोख्रेल, नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो भने क्याम्पसका उपाध्यक्ष रबि बहादुर काफ्लेको स्वागत मन्तब्य तथा क्याम्पसका उप प्राध्यापक कुलराज भुसालको सञ्चालनमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ श्रावण १४, सोमबार १६:४३