
प्रकाश गौतम
परिचित बचत तथा ऋण सहकारी संस्था लि तिलोत्तमा १२ मोहोनाजोतको आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ सहकारीले आफ्नो १४ स्थापना दिवसको अवशरमा रक्तदान कार्यक्रम आयोजना गरेकोे हो ।
कार्यक्रमा बोल्दै पुर्ब मन्त्री तथा रुपन्देही क्षेत्र न १ का सांसद छविलाल बिश्वकर्माले संस्थाले सामाजिक कार्य अन्तरगत स्थापना दिवस अवसरमा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै खुसी ब्यक्त गर्नु भयो । उहाले रक्तदान कार्यक्रम आयोजना गरिरहनु अरुका लागी समेत सन्देश भएको बताउदै सहकारीले पनी सामाजिक उत्तरदायीत्वको काम गर्न सक्ने स्पस्ट पार्नु भयो ।
रक्तदान कार्यक्रममा सहकारीका अध्यक्ष चित्र ब बोहोरा क्षेत्रीले रक्तदान मन्दिर गएर गरिने दान भन्दा ठुलो दान भएको बताउनु भयो । रक्त संञ्चार केन्द्र भैरहवाकोे प्रबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४४जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।
परिचित बचत तथा ऋण सहकारी संस्था लि का उपाध्यक्ष अनिता गुरुङको स्वागत सचिव रामु कुवरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

