


प्रकाशित : २०८१ श्रावण २६, शनिबार ०९:५१
रुपन्देहीको बुटवलमा छाडा साँढेको आक्रमणबाट ४५ वर्षीय सीता पाण्डेको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका-३ गोलपार्कमा खाजा पसल चलाउँदै आएकी सीता पाण्डे गुल्मीको रेसुंगा नगरपालिका-४ की निवासी थिइन्।
साउन २० गते डेरी पसलमा दूध लिन जाँदै गर्दा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परिन्। साँढेले हानेर गम्भीर घाइते भएकी सीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
यस घटनाले सडक सुरक्षा र जनस्वास्थ्य सुरक्षाको महत्वलाई पुनः उजागर गरेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न तुरुन्त कदम चाल्नुपर्ने आवश्यकता छ।
लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८५७०५१०६६, ९८६११११२६०
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देहि
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech