करेन्ट लागेर महिलाको मृत्यु : बाणगंगा नगरपालिकामा आपतकालिन सेवामा कमीको प्रश्न उठे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, जीतपुर
बाणगंगा नगरपालिकाको वडा नं. २, गब्डैया निवासी ३२ वर्षीय बसन्ती चुदालीको करेन्ट लागेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको अनुसार, बसन्ती चुदाली आफ्नो बारीमा झार गोडमेल गर्दै गर्दा करेन्टको लागेको हो ।

बारीमा मोटर जोडिएको र विद्युत तार सर्ट भएको कारणले करेन्ट लागेर चुदालीको मृत्यु भएको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

नजीकै पिपरा अस्पतालमा रहेका एम्बुलेन्स खबर गर्दा पनी नगएपछी चुदालीको उपचारमा ढिलाइ भएको र यसले गर्दा उनको जीवन बचाउन नसकिएको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए ।

स्थानीयहरूले समयमै आपतकालिन सेवाहरूको उपलब्धता सुनिश्चित गर्न र आगामी घटनाहरूको पुनरावृत्ति रोक्नुपर्ने भन्दै अस्पताल प्रशासनलाई जानकारी गराएका थिए । यस घटनाले स्वास्थ्य र आपतकालिन सेवाको प्रभावकारिता र तत्परता पुनः मूल्याङ्कन गर्न आवश्यक रहेको पुष्टि गरेको छ।


प्रकाशित : २०८१ श्रावण २६, शनिबार १०:२५