तिलोत्तमा ८, ४ नम्बर मणिग्राममा अवस्थित नवज्योति इ.बो. स्कुलमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरु बिच वादविवाद प्रतियोगीता सम्पन्न भएको छ । कक्षा ४ देखि
सम्पन्न भएको वादविवाद प्रतियोगीतामा कक्षा ५की समिका ज्ञवाली प्रथम, कक्षा
६ का दिप्सन पाण्डे द्वितीय र अन्तरा ज्ञवाली तृतीय भएका छन् । भने कक्षा ७ देखि कक्षा १० सम्म भएको वादविवाद कार्यक्रममा कक्षा ९ की दिपिका पाण्डे प्रथम, कक्षा ९ का जस्मीन पुन द्वितीय र कक्षा १० की रक्षा मिश्रा तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कक्षा ४ देखि कक्षा ६ सम्म एक समुह र कक्षा ७ देखि कक्षा १० सम्म एक समुह गरी दुई समुहमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयका प्राचार्य टोप बहादुर केसी अध्यक्षतामा भएको कार्यक्रममा माध्यमिक विद्यालयका संयोजक हिमलाल चापागाँई, प्रिप्राइमरी संयोजक तेजकुमारी गुरुङ र भूतपूर्व माध्यमिक विज्ञान शिक्षक सङ्गम पौडेल रहनुभएको थियो । कार्यक्रमको अन्त्यमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्तगर्न सफल भएका विद्यार्थीहरुलाई अविर टीकाद्वारा सम्मान तथा बधाइ ज्ञापन गरिएको थियो । कार्यक्रमको सन्चालन विद्यालयका प्रमुख संयोजक इन्द्रकुमार राईले गर्नुभएको थियो ।