ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धमार्गमा ३३ के.भि विधुत लाईन विस्तार पेचिलो बन्दै, स्थानीय आक्रोशित, बल प्रयोग गरे प्रतिवाद गर्ने चेतावनी

लुम्बिनी दर्पण २०८१ भाद्र १३, बिहीबार २२:०९
[sharethis-inline-buttons]

लुदस
घना मानव बस्तीबाट हाइटेन्सन लाइन लान लागेको भन्दै सघर्षशिल स्थानीय र विधुत प्राधिकरण विच विवाद थप पेचिलो बनेको छ ।
कपिलवस्तुको बाणगंगा ७ मोतिपुरमा रहेको विद्युत प्रसारण लाईन लक्ष्मणघाट हुदै बुद्धमार्गबाट तौलिहवा लैजादा बस्ती प्रभावित हुने भन्दै त्यस क्षेत्रका वासिन्दाले यस अघि नै ज्ञापन पत्र बुझाउदै जनप्रतिनिधि नेताहरु हार गुहार गरेका थिए । तर तिनै नेताले दोहोरो चरित्र देखाएपछी भने स्थानीय जनता थप आक्रोशित बनेका छन् ।

https://lumbinidarpanonline.com/wp-content/uploads/2024/08/a1c273b4-d877-425d-ac93-502eb6d40300.mp4

शुरुमा जनताको बाक्लो उपस्थिति नै सघर्षमा रहेको देखेपछी आफुहरु जनताको पक्षमा रहेको भन्न्ो जनप्रतिनिधि नै दोहोरो चरित्रमा देखा पर्न थालेपछी जनता तिन छक मात्र परेनन् । आशा र भरोषा गरेका जनप्रतिनिधि बाटै वाक्क दिक्क पर्न थालेका छन् ।
https://lumbinidarpanonline.com/wp-content/uploads/2024/08/b34e864f-867e-445b-9c6b-6e49798dd9d6.mp4

३३ के.भि विधुत प्रशारण लाईन बाक्लो बस्ती एरियाबाट लैजाँदा ठुलो क्षती हुने भन्दै स्थानीयहरुले वैकल्पिक बाटो अपनाएर लैजानुपर्ने भन्दै संघर्षमा रहेकै बेला मंगलवार प्रधिकरणले प्रहरी लगाएर बलजप्ती गर्नु अन्यायपुणर् भएको स्थानीय समाजसेवी राम प्रसाद बेल्वासेले बताए ।

सहमती र सहकार्य गरि वैकल्पीक मार्ग खोज्नुको विकल्प नरहेको बेल्वासेको भनाई छ । यता जनप्रतिनिधि र आफ्ना नेताहरुबाट छल भएको भन्दै जनता आक्रोशित भएको शिवशंक्ति टोल विकास समितिका अध्यक्ष देवी पोख्रेलले बताए ।

यस अगाडी प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्याल सहितको वडा मा बसेको वैठकमा नेता जनप्रतिनिधिहरु सो बस्ती एरियाबाट लैजान आफुहरुको सहमती नरहेको र बुद्धमार्ग भन्दा वैकल्पिक मार्ग खोज्नुपर्ने जोडदार भाषण गर्दा जनताको वाही वाही पाएका थिए । त्यसको ६ महिना वित्न नपाउदै उनै जनप्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर सोही मार्गबाट लैजान लिखित सहमती दिएपछी अहिले सो क्षेत्रका जनता अझ आक्रोशित छन् । यसरी यस अगाडी वडा कार्यलयमा ने.क.पा एमालेका जिल्ला अध्यक्ष बावुराम खनाल, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, उपमेयर रिता थारु , वडाध्यक्ष वडा नं ६ का वडाध्यक्ष करुण टण्डन, वडा नं 5 का वडाध्यक्ष दुनिका भुषाल कपिलवस्तु नगरपालिका वडा नं ९ का वडाध्यक्ष दिपक गुरुङ्ग प्रभावित क्षेत्रका वासिन्दा र स्थानीय बुद्धिजीवी लगाएतको उपस्थिति मा जनप्रतिनिधिहरुले जोडदार भाषण गरेका थिए ।
विकल्पको खोजी गर्नुपर्ने स्थानीयको माग
घना बस्तीबाट लैजादा बढी जोखिम हुने हुदा बैकल्पीक बाटो अपनाएर लैजानुपर्ने स्थानीयको माग रहेको छ ।
तौलिहवा बाट जग्दिशपुर सम्म आउदा नहर छेउबाट आएको विधुत लाईन जग्दिशपुर यता किन बस्ती यरियामा लगियो यो नै अचम्मको विषय भएको देउराली टोल विकास समितिका अध्यक्ष हुम बहादुर घ.म बताउछन् ।
नहरको क्षेत्रबाट लैजादा जोखिम नरहने स्थानीय समाजसेवी युवा कृष्ण गैरे बताउछन् । उनले नहरमा सिंचाईको एकतर्फि १२ मिटर क्षेत्र रहेको हुदा सोहि बाटोबाट लैजानुपर्ने तर्क गर्छन् । यदी वैकल्पीक उपाए नअपनाएर बल प्रयोग गरे त्यसको परिणाम नराम्रो हुने उनको चेतावनी छ ।
यस अगाडी पनी बुद्धमार्ग भन्दा अनेत्र वैकल्पीकबाटो लैजान सघर्ष समितिले विभिन्न निकायमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
कपिलवस्तुको बाणगंगा ६ र कपिलवस्तु नगरपालिका ९ का बासिन्दाले संघर्ष समिति बनाएर सो प्रसारण लाईन अन्य क्षेत्रबाट लैजानुपर्ने भन्दै विकल्पसहित प्रमुख जिल्ला अधिकारी, विद्युत प्राधिकरण तौलिहवा शाखा , कपिलवस्तु नगरपालिका वडा नं ९ र १० तथा बाणगंगा नगरपालिका, र वडा नं ६ मा ज्ञापनपत्र बुझाएको संघर्ष समितिका उपाध्यक्ष लेम बहादुर गुरुङ्गले जानकारी दिए ।
दुई वडाको भेलाले गणेश पौडेललको अध्यक्षतामा १७ सदस्य संघर्ष समिति चयन गरेको थियो । जसको उपाध्यक्षमा लेम बहादुर गुरुङ्ग, सचिवमा इन्दर हरिजन, कोषाध्यक्षमा लक्ष्मी बेल्वासे पौडेल, लगाएत अन्य सदस्यमा रहेका छन् । संघर्ष समितिले घना बस्ती क्षेत्रबाट सो प्रसारण लाईन विस्तार गर्दा ठुलो क्षेती पुग्ने भन्दै कम क्षती हुनेगरि अन्य क्षेत्र अपनाउनुपर्ने भन्दै त्यसो नभए जस्तो सुकै चुनौती समेत सामना गर्न जनता तयार हुने बताएका छन् । हाल पुन गाउँ गाँउमा यसको प्रतिवादमा लाग्न भन्दै जनताहरु जागृप हुन थालेका छन् भने विधुत प्रधिकरण सहमती जुटाउन ५ दिने अल्टिमेटम सहित बल प्रयोग गरेरै भएपनी काम अगाडी बढाउने् तयारीमा छ ।


प्रकाशित : २०८१ भाद्र १३, बिहीबार २२:०९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech