ताजा अपडेट

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय जनमोर्चा कपिलवस्तुले ३३ के.भि प्रसारण लाईनको उचित समाधान गर्नुपर्ने माग सहित बुझायो १८ बुँदे ज्ञापन पत्र

लुम्बिनी दर्पण २०८१ भाद्र २४, सोमबार २१:१७
[sharethis-inline-buttons]

समाचार
राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
कपिलवस्तुको बाणगंगा ७ मोतिपुर बाट वडा नं ६ , कपिलवस्तु नगरपालिका वडा नं ९ हुदै विस्तार गर्न थालिएको ३३ के.भि प्रसारण लाईन विस्तारमा स्थानीयसँग समन्वय गरि जनताको चल अचल सम्पतीको कम क्षती हुने गरि विस्तार गर्न लगाएतका १८ बुँदे माग सहित प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको हो । उक्त ज्ञापनपत्रले विभिन्न राजनीतिक र सार्वजनिक समस्याहरूमा सरकारको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि ठोस कदम चाल्नको लागि आग्रह गरेको छ ।

ज्ञापनपत्रका मुख्य बुँदा यस प्रकार छनः
गणतन्त्रको सुरक्षाः मुलुकमा गणतन्त्रमाथि भइरहेका प्रतिगामी हमलालाई रोक्न र सरकारलाई असन्तोषलाई प्रतिगामी दिशामा मोड्ने प्रयासबाट बच्न सचेत गराउन जोड दिइएको छ ।

राष्ट्रियता र भूपरिवर्तनः भारतीय सेनाको कालापानीमाथि तैनाती र अन्य भूमि अतिक्रमणका मुद्दा समाधान गर्न, भारतीय सेनाको फिर्ती र नेपाली भूमिको पुनः प्राप्तिको माग गरिएको छ।

साम्राज्यवाद विरोधः अमेरिकी साम्राज्यवाद र एमसीसी सम्झौतासँग सम्बन्धित मुद्दामा सरकारलाई कडा कदम चाल्न र सम्झौतासँग सम्बन्धित प्रस्ताव खारेज गर्न अनुरोध गरिएको छ।

असमान सन्धिहरूको खारेजीः सन् १९५० का असमान सन्धि र सम्झौताहरूको खारेजी र नेपालको प्राकृतिक स्रोतको संरक्षण गर्न आग्रह गरिएको छ।

लिपुलेक सम्झौतासम्बन्धी विवादः चीन र भारत बीचको लिपुलेक नाका सम्झौताका विरुद्ध खारेजीको माग गरिएको छ।

असङ्लग्न परराष्ट्र नीतिः नेपालको असङ्लग्न परराष्ट्र नीतिको रक्षा गर्दै विगतका गलत कामकारबाहीहरूलाई सुधार्न आग्रह गरिएको छ।

सङ्घीयता र व्यय भारः सङ्घीयताका कारण अनावश्यक व्यय भारको बृद्धि भएको भन्दै, सङ्घीयता खारेज गर्न र जातिवाद तथा क्षेत्रीयतावादको प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिन सरकारलाई भनिएको छ।

चाडपर्वका मूल्यवृद्धि र कालोबजारीः नेपाली चाडपर्वका अवसरमा कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारीलाई रोक्न समयमै सतर्कता अपनाउन माग गरिएको छ।

सहकारी क्षेत्र सुधारः सहकारी क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै, बचतकर्ताको रकमको सुरक्षा गर्न कडा कारबाही र नयाँ कानुनको निर्माण गर्न आग्रह गरिएको छ।

भ्रष्टाचार र कानूनः भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कानुन बनाउने र भ्रष्टाचारीहरू विरुद्ध हदम्याद बिना मुद्दा दायर गर्न सन्देश दिइएको छ।

स्वीस बैंकको कालो धनः स्वीस बैंकमा जम्मा गरिएको नेपाली कालो धन नेपालमा फिर्ता ल्याउने माग गरिएको छ।

पर्यावरण संरक्षणः अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पर्यावरण संरक्षण र जलवायु समस्याको मुद्दा उठाउन, र हरित ग्यासका कारण भएका समस्याको क्षतिपूर्ति ठुला औधोगिक राष्ट्रहरूले दिनुपर्ने कुरा उल्लेख गरिएको छ।

सङ्क्रमणकालीन न्यायः यौनहिंसा, उत्पीडन र बलात्कारका घटनामा परेका महिलाहरूलाई भयरहित उजुरीको वातावरण र निष्पक्ष छानबिनको लागि सरकारलाई आग्रह गरिएको छ।

यातायात सुरक्षाः सडक विस्तार र पुराना गाडीहरूको सञ्चालनमा रोक लगाएर यातायात दुर्घटनालाई न्यूनिकरण गर्न भनिएको छ।

कपिलवस्तु स्थानीय समस्याहरूः कपिलवस्तुमा बाणगंगाको मोतिपुर देखि तौलिहवा लैजानको लागि ३३ के.भी. प्रसारण लाइन विस्तार गर्दा प्रहरी प्रशासन लगाई वल प्रयोग गर्न खोजिएको हुदाँ सो क्षेत्रमा जनताको तिब्र विरोध रहेको र स्थानीयहरुसंग समन्वय समेत नभएको हुदाँ समन्वय र वैकल्पीक उपाय खोजी समस्या समाधान गर्नुका साथै अन्य स्थानीय समस्याहरूको समाधानका लागि स्थानीय समन्वय र वैकल्पिक उपाय अपनाउन जोड दिइएको छ।

ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासे, जिल्ला सल्लाहकार दधिराम आचार्य, जिल्ला सचिव केयरसिंह अदै, र नेकपा मसालका जिल्ला प्रवक्ता माधव भाटक्षेत्री लगाएत रहेका छन्।

उक्त ज्ञापनपत्रमा उठाइएका मुद्दाहरूको समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिएको छ।


प्रकाशित : २०८१ भाद्र २४, सोमबार २१:१७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

गीता मृत्यु प्रकरण : थप दुई जना चिकित्सक पक्राउ

भर्खरै

  • भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech