ताजा अपडेट

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुटवल-गोरुसिङ्गे सडक कोईली बनगाई गोरुसिंगे क्षेत्र वन्यजन्तुमैत्री बनाइँदै

लुम्बिनी दर्पण २०८१ भाद्र २७, बिहीबार १४:११
[sharethis-inline-buttons]

लुदस, जितपुर
कोइली-बनगाई गोरुसिङ्गे जंगल क्षेत्रमा वन्यजन्तु आवतजावतका लागि १० वटा क्रसिङ बन्दैछन् । जसमा आरसीसी बक्स ब्रिज ३ वटा र आरसीसी बक्स कल्भर्ट ७ वटा बनाइने छ ।

यस्तै बडहरा-बेलगुडवा नदी क्षेत्रमा ५ वटा वन्यजन्तुमैत्री क्रसिङ बन्नेछन् । जसमा साना वन्यजन्तु क्रसिङ एउटा, आरसीसी बक्स ब्रिज २ वटा र आरसीसी बक्स कल्भर्ट २ वटा बनाइने छ ।

वन्यजन्तुमैत्री यी संरचनासहित यो सडक खण्डमा ३० वटा पुल, १४९ वटा कल्भर्ट र ६ वटा अण्डर पास बनाइने इन्जिनियर न्यौपानेले जानकारी दिइन् ।
‘मुख्य राजमार्ग स्तरोन्नति गर्दा वन्यजन्तुको आवतजावतलाई सहज हुने गरी जैविक विविधता र वातावरण संरक्षणलाई समेत मध्यनजर गरी संरचनाहरुको डिजाइन बनाएर कार्यान्वयन गर्न लागिएको यो नेपालकै ठूलो योजना हो’ इन्जिनियर न्यौपानेले भनिन्, ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण वन्यजन्तुका लागि मात्र नभई मानिस र घरपालुवा जनावरको सुरक्षाका लागि पनि आवश्यक छ ।’
मानिसले गर्ने यातायातको सुरक्षाका लागि पनि यस्ता पूर्वाधार आवश्यक रहेको भन्दै उनले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणबाट मात्र जैविक विविधताको दिगो संरक्षण गर्न सकिने बताइन् ।

भारतको नेसनल हाइवे-४४ को जंगल क्षेत्रमा ठूला वन्यजन्तु ओहोर-दोहोरका लागि बनाइएको अण्डर पास ।

२७ भदौ, बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ ।

यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल-गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । असोज पहिलो हप्ताभित्र ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले काम शुरु गर्ने तयारी छ ।

नेपालका मुख्य राजमार्गहरु हालसम्म वन्यजन्तुमैत्री बनेका छैनन् । वन्यजन्तुविद्हरुले जनावर र मानवबीच हुने द्वन्द्व, दुर्घटना र त्यसबाट हुने क्षति रोक्न तथा जैविक विविधता र वातावरण संरक्षणका लागि वन्यजन्तुमैत्री पूर्वाधार अपरिहार्य भएकामा जोड दिँदै आएका छन् ।

लामो वा रेखीय पूर्वाधार निर्माण गर्दा वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार निर्माण गर्नुपर्ने, वन्यजन्तुको बासस्थान, गतिविधिलगायत अध्ययन गरेर मात्र सडकमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइनुपर्ने मागलाई यो सडकमा सम्बोधन हुँदैछ ।

एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागिएको यो सडक नेपालकै पहिलो वन्यजन्तुमैत्री तथा वातावरणमैत्री हुने बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताइन् ।

चितवनको रामनगर-आँपटारी जंगल क्षेत्रमा पनि साना अन्डरपास बनाइए पनि ती वन्यजन्तुमैत्री छैनन् । एडीबीको सहयोगका विस्तार भइरहेको बुटवल-नारायणगढ सडकखण्डको ११५ किलोमिटर क्षेत्रमा ११२ वटा अन्डरपास बनाएका छन् । ५० मिटर फराकिला दुई वटा ओभरपास बन्ने क्रममा छन् ।

३० वटा पुल, १४९ वटा कल्भर्ट र ६ वटा अण्डर पास बनाइने

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि एउटा ठूलो पुल सहित १९ वटा साना, मझौला क्रसिङ बनाउन लागिएको इन्जिनियर न्यौपानेले बताइन् ।

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन स्वीकृत भइसकेको छ ।
जस अनुसार सालझण्डी-पिपरा जंगल क्षेत्रमा ठूला वन्यजन्तु आवतजावतका लागि कोठी नदीमा ४२ मिटर लामो पुल बनाइने छ । यही जङ्गल क्षेत्रमा दुईवटा ‘मिडियम वाइल्डलाइफ क्रसिङ’ र दुई वटा आरसीसी बक्स ब्रिज (साना पुल) बन्ने छन् ।

बुटवल-नारायणगढ सडक विस्तारका कमजोरी सुधारिने

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन स्वीकृत भइसकेको छ । ५० किलोमिटरलाई दुई चरणमा २५/२५ किलोमिटर मा विभाजन गरी सडक विस्तार गर्न लगिएको योजना प्रमुख इन्जिनियर न्यौपानेले बताइन् । उनका अनुसार पहिलो चरणका लागि ७ अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि ५ अर्ब ६६ करोड २२ लाख रुपैयाँमा ठेक्का लगाइएको हो ।

सडक विस्तार गर्दा सवारी आवागमनमा कमभन्दा कम असर पर्ने गरी पहिले क्रसिङ, कल्भर्ट, पुल र सर्भिस लेनको काम पूरा गरेर मात्र बीचको मुख्य सडक भत्काएर काम थालिने इन्जिनियर न्यौपानेले बताइन् ।

‘बुटवल-नारायणगढ सडक विस्तारका क्रममा देखिएको कमजोरी र नकारात्मक पक्षलाई यता सिर्जना हुन नदिने गरी काम हुन्छ, त्यही अनुसार ट्राफिक व्यवस्थापन योजना पनि बनाउँदैछौं’ उनले भनिन्, ‘रुख काट्ने अनुमति पाइसकेका छौं, अब पोल सार्ने सम्झौता विद्युत प्राधिकरणसँग हुँदैछ, त्यसपछि संभवत एक हप्ताभित्र ठेकेदार कम्पनीले काम शुरु गर्छ ।’

सडक विस्तारको काम शुरु भएको दिनदेखि तीन वर्ष भित्र पूरा गर्ने गरी समय तोकिएको बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक योजना कार्यालयका अर्का इन्जिनियर किसन गैरेले जानकारी दिए ।

पारबहनमा सहजता ल्याउँदै व्यापार व्यवसाय प्रवर्द्धनका लागि अक्सेलरेटिङ ट्रान्सपोर्ट एण्ड ट्रेड कनेक्टिभिटी इन साउथ एसिया नेपाल फेज १ अन्तर्गत यो सडक निर्माण अघि बढाउन लागिएको हो ।

वि.सं २०१८ मा बनेको यो सडकको २ चरणमा स्तरोन्नति हुनेछ । दोस्रो चरणमा सडक विभागले डिजाइन गरेर गोरुसिङ्गेदेखि चन्दौटासम्मको १९ किलोमिटरमा काम गर्ने योजना रहेको इन्जिनियर गैरेले बताए ।

पुरानो र जीणर् बनेको बुटवलको तिनाउ पुललाई विस्थापन गरी करिब १ अर्ब लागतमा सिग्नेचर पुल बनाउने योजना पनि छ । यो सडक बुटवलबाट चन्द्रौटा हुँदै लुम्बिनी प्रदेशको राजधानी दाङसँग जोडिन्छ ।

बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक स्तरोन्नतिमा बनाइने वन्यजन्तुमैत्री संरचनाले यसपछि नेपालका वन क्षेत्रमा बनाइने सडक, सिँचाइ, रेलमार्ग लगायतका निर्माण कार्यलाई पनि वन्यजन्तुमैत्री बनाउन नजिरको काम गर्ने वन्यजन्तुमैत्री पूर्वाधारको पैरवी गर्दै आएका नेपाल वातावरण पत्रकार समूहका पूर्व कार्यकारी निर्देशक सुवोध गौतम बताउँछन् । ‘अहिलेसम्म वन्यजन्तुमैत्री सडक लगायत पूर्वाधार बनेका थिएनन्, जसले बर्सेनि ठूलो मानवीय र वन्यजन्तुको क्षति हुने गरेको थियो, वातावरण र जैविक विविधतता संरक्षणमा चुनौति थियो, अब वन्यजन्तुमैत्री सडक बनेपछि क्षति रोकिन्छ’ गौतम भन्छन्, ‘यो सडक अब नेपालमा बन्ने नयाँ सडक र स्तरोन्नति हुने सडकका लागि असल अभ्यासको उदाहरण हुन्छ ।’

लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल थारु चौधरीले वन्यजन्तुमैत्री संरचना बनाउँदा कूल लागतको एक प्रतिशत हाराहारी मात्रै लागत बढ्ने भएकाले अब पूर्वाधार बनाउँदा वन्यजन्तुलाई अनुकुल हुने गरी बनाउनुपर्ने औंल्याए ।

नेपालमा रहेका ११८ किसिमका पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका पारिस्थितिकीय प्रणाली संरक्षित क्षेत्रभित्र पर्दछन् । यी पारिस्थितिकीय प्रणालीको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक सिकार आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भई संरक्षण तथा व्यवस्थापकीय कार्य सञ्चालन हुँदै आएका छन् ।

रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिंचाइ, प्रसारण लाइन, रेलका लिक लगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव-वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् ।

वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र २० संरक्षित क्षेत्रमा विभिन्न ४७ किसिमका ५५८ वन्यजन्तु र जीवको मृत्यु भएको थियो । त्यसमध्ये प्राकृतिक कारणले १८७, सडक दुर्घटनाबाट १४१, चोरी सिकारबाट १४, करेन्ट लागेर १०, नहरमा डुबेर २०, तारजालीमा परेर १४, कुकुरको आक्रमणबाट ११३, पासो-जालमा परेर ५, कारण नखुलेको २९ र अन्य कारणले २५ वन्यजन्तुको मृत्यु भएको थियो ।


प्रकाशित : २०८१ भाद्र २७, बिहीबार १४:११

लुम्बिनी दर्पण

लेखकबाट थप

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि
  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
प्रतिक्रिया

यो पनि पढौँ

रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

भर्खरै

  • रास्वपा कपिलवस्तु आयातित उम्मेदवारको कव्जामा : संगठनमा चरम असतुष्टि

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech