कपिलवस्तु जिल्लाको परिचीत कालिका स्वावलम्वन सामाजिक केन्द्रको ३० औं साधारण सभा तथा १५ औं अधिवेशन तिलोैराकोट होटल तौलिहवामा सम्पन्न भएको छ।
साधारण सभालाई लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेयले उद्घाटनमा कार्यक्रम सम्पन्न भएको छ ।
लुम्विनी प्रदेश सभाका सदस्य सुधाकर पाण्डेय लगायतले कालिकाले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको संस्थाका सवै सदस्यहरुलाई शुभकामना व्यक्त गरेका छन् ।
कालिका स्वावलम्वन सामाजिक केन्द्रका साधारण सदस्य र आजीवन सदस्यहरुको उपस्थितमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदीप पौडेल, जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्यले साधारण सभा तथा अधिवेशनको शुभकामना व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, सल्लाहकार राजु प्रसाद अर्याल, कालिकाका पुर्व अध्यक्षहरु राजेश प्रताप शाक्य र संजय लम्साल, पुर्व महासचिव बाबुराम भण्डारी, गैर सरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय, गैरसरकारी संस्था महासंघकी लुम्विनी प्रदेश अध्यक्ष जित कुमारी बेलवासे लगायतले कालिकाले गर्दै आएको गतिविधीका बारेमा चर्चा गरेका थिए ।
कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रशान्त कार्कीले स्वागत मनतब्य व्यक्त गरेका थिए भने महासचिव शान्ता पौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
सधारण सभालाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुको प्रतिनिधीको रुपमा डब्लु एच.एच.का प्रतिनिधी उत्तम शर्मा, हेलेन केलर ईन्टरनेशनलका प्रतिनिधी भरत शर्मा र सुस्मिता शर्मा,आई.डी.ई.नेपालका प्रतिनिधी जंग बहादुर गुरुङ्ग लगायतले कालिकाले गरेका गतिविधी र साझेदारी कार्यक्रमको बारेमा चर्चा गरेका थिए ।
सस्थाको अधिबेशनका लागि निर्बाचन मन्डल संयोजक एव संस्थाका सल्लाहकार चन्द्र बहादुर खडका को संयोजकमा गठीत तीन सदस्यबाट निर्बाचन प्रक्रिया अघि बढेको थियो। सस्थाको हक हितका लागि सर्बसहमती बाट कार्यसमितीका अध्यक्ष सहित ९ सदस्यीय कार्यसमिति बनेको थियो।जसमा अध्यक्ष मनदिप सिह,
सदस्य प्रबिण श्रीवास्तब,प्रेममोहन सिह,प्रसान्त कार्की,सन्तराम अग्रहरी,अजय कुमार चौधरी,महिला सदस्य तर्फ शान्ता पौडेल,नन्दनी गुप्ता र सिमा शर्मा ठाकुर लगायत को कार्यसमिति चयन भएको हो।