
हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्षेत्रमा कपिलवस्तु जिल्लामै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) ले ई.पि.एस. कोरियन भाषा परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विगतका जस्तै यस पटक पनि यस शैक्षिक प्रतिष्ठानले ई.पि.एस. टपिक परिक्षामा करिव शत प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् ।
यो संगै ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन कोरीयन भाषा अध्ययन गर्ने विद्यार्थीहरुको घुईचो लागेको छ । कार्यक्रममा बोल्दै कोरियन भाषा उतीर्ण विद्यार्थीहरुले ब्राईट लुम्बिनी कोरियन भाषाको लागि ब्राण्ड बनिसकेको बताउदै आफुहरुको सपना यहि संस्थाले साकार पारेको बताउनुभयो । उतीर्ण विद्यार्थीहरुलाई दशैंको टिका जमरा, मायाको चिनो सहित सम्मानित गरिएको थियो शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक असीम कंडेल क्षेत्रीको अध्यक्षता, राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश सदस्य सबिन रणपाल लगायत पत्रकारको आतिथ्यता, कोरीयन भाषा विभाग प्रमुख महेश आचार्य लगायत प्रशिक्षक तथा कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यक्रमका अध्यक्ष क्षेत्रीले विदाई भन्दा वित्तिकै केही असहज महशुस भएको भन्दै भविष्य र परिवारको भविष्यका लागि विद्यार्थीहरुले गर्नुभएको संघर्षलाई सम्मान गरेको बताउनुभयो । रोजगारीको शिलशिलामा कोरीया गएता पनि निश्चित समय पछि स्वेदशमै फर्किएर त्यहाँ भएका राम्रा कामलाई अनुसरण गर्दै अगाडि बढ्ने अपेक्षा गर्दै भषा अध्ययनका लागि ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (साविक लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.) नै रोजाईमा पार्नुभएकोमा धन्यवाद व्यक्त समेत व्यक्त गर्नुभएको छ ।
विक्रम संवत २०७२ सालमा स्थापना गरिएको उक्त शैक्षिक प्रतिष्ठानले कोरियन, जापनिज लगायत विभिन्न भाषा, लोक सेवा तथा शिक्षक सेवाका कक्षा, सम्पुर्ण लेवलका ट्युसन कक्षा, सबै कोर्षका कम्प्युटर कक्षा दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा पठनपाठन गराईरहेकोले नतिजा जिल्लामै उत्कृष्ट रहेको त्यहाँ अध्ययनरत विद्यार्थीहरु बताउँछन् । प्रोजेक्टर लगायत आधुनिक शैक्षिक सामग्रीबाट अध्यापन, उत्कृष्ट पुस्तकालयको व्यबस्था, दक्ष एवम् अनुभवि प्रशिक्षकद्धारा अध्यापन, पुराना तथा बाहिरि जिल्लाबाट आएका विद्यार्थीहरुलाई विशेष छुट लगायतका विशेषताहरुले भरिपुर्ण यस संस्थामा अध्यापन गर्न ईच्छुक विद्यार्थीहरुको संख्या दिनानुदिन बढिरहेको पाईन्छ । शैक्षिक दक्षता, हाम्रो लक्ष्य भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढेकाले विद्यार्थीको उपस्थिती सक्रिय रहेको छ ।

